६ माघ २०७८, बिहीबार
वाणिज्य बैंक

ऐतिहासिक बाजं पाटी पुर्णनिर्माणको लागि सनराइज बैंकले दियो १० लाख

प्रकाशित मिति :  ३ बैशाख २०७६, मंगलवार ०६:५८


sunrise-help

काठमाडौं । सनराइज बैंक लिमिटेडले खोकनाको रुद्रायणी मन्दिर परिसरमा रहेको ऐतिहासिक बाजं पाटीको पुर्णनिर्माणको लागि रु. १० लाख सहयोग गरेको छ । सोमबार एक कार्यक्रमका बीच खोकनाको रुद्रायणी मन्दिरमा रहेको बाजं पाटी बनाउनका लागि सो रकम दिएको हो ।

ललितपुर क्षेत्र नं ३ का माननीय सासंंद् पम्फा भुसाल, जीवन खड्का, राजकाजी महर्जन र ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जनको उपस्थितिमा सो रकमको चेक हस्तान्तरण  भएकाे हाे  ।

उक्त समारोहमा बैंकका संचालक समितिका सदस्य ई. बच्छराज तातेड, प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य, वरिष्ठ नायव महाप्रबन्धक आशा राणा अधिकारी, लगायत बैंकका उच्च पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।

नयावर्ष २०७६, सालको शुभकामना आदान प्रदानको क्रममा बाजं पाटी पुर्णनिर्माणका निम्ति सामाजिक उत्तरदायित्व अन्त्तर्गत सनराइज बैंक लिमिटेडले सहयोग रकम हस्तान्तरण गरेको थियो ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा