इण्डियन प्रिमियर लिग : मुम्बईद्वारा बैंगलोर पराजित
इन्द्र रिजाल
बैशाख ३, २०७६ मंगलबार १३:१३:४५
एजेन्सी । घरेलु टोली मुम्बई इन्डियन्सले १२ औं संस्करणको इण्डियन प्रिमियर लिग ‘आईपीएल’ क्रिकेटमा रोयल च्यालेन्जर्स बैंगलोरलाई पराजित गरेको छ । सोमबार भएको खेलमा मुम्बईले बैंगलोरलाई ५ विकेटले पराजित गरेको हो ।
वान्खडे क्रिकेट स्टेडियममा बैंगलोरले दिएको १७२ रनको लक्ष्य घरेलु टोलीले १९ ओभरमा मात्र ५ विकेट गुमाएर पुरा गर्यो । मुम्बईको जितमा क्विनटन डी ककले ४० रन जोड्दा हार्दिक पाण्डयाले अविजित ३७ रन जोडे ।
यस्तै सूर्यकुमार यादवले २९, कप्तान रोहित शर्माले २८ र इशान किसनले २१ रन बनाए । बैंगलोरका युजभेन्द्र चाहल र मोइन अलीले २र२ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बैंगलोरले पुरै २० ओभर खेल्दै ७ विकेट गुमाएर १७१ रन बनाएको थियो ।बैंगलोरका लागि एबी डी भिलियर्स र मोइन अलीले अर्धशतकीय इनिङ्स खेले । डी भिलियर्सले ७५ रन जोड्दा अलीले ५० रन बनाए । पार्थिव पटेलले २८ रन बनाए ।
मुम्बईका लाथिस मालिंगाले ४ विकेट लिए । योसंगै मुम्बईले बैंगलोरलाई यस सिजन लगातार दोस्रो खेलमा पराजित गरेको छ । पहिलो भेटमा मुम्बईले बैंगलोरलाई ६ रनले हराएको थियो ।
जितसंगै मुम्बई ८ खेलबाट १० अंक जोडेर लिगको तेस्रो स्थानमा उक्लिएको छ । पराजित बैंगलोर भने ८ खेलबाट २ अंक जोडेर पुछारमा यथावत रहेको छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपकाठमाडौं आइपुग्यो वेस्ट इन्डिज ए टीम
बैशाख १२, २०८१ बुधबार
जारी आईपीएलमा अहिलेसम्म ९ शतक प्रहार, को-कसले बनाए ?
बैशाख १२, २०८१ बुधबार
६ जना महिला क्रिकेट खेलाडी मलेसिया प्रस्थान
बैशाख ११, २०८१ मंगलबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
गौर हत्याकाण्डविरुद्ध १७ वर्षपछि सर्वोच्च अदालतले दियो कारण देखाउ आदेश
बैशाख १२, २०८१ बुधबार
छोरीको फिल्म 'किंग'मा शाहरुख खान डनको भुमिकामा देखिने
बैशाख १२, २०८१ बुधबार
१४ तल्ले भवन भित्र बसेको अमेरिकाको एउटा शहर !
बैशाख १२, २०८१ बुधबार
चीनका झण्डै आधा प्रमुख शहरहरूमा भासिने समस्या
बैशाख १२, २०८१ बुधबार
उपभोक्ता हितसंरक्षणमा स्याङ्जा प्रशासनले बढायो निगरानी
बैशाख १२, २०८१ बुधबार
संयुक्त राष्ट्र प्रमुखद्वारा सन् २०२५ सम्म जलवायु कार्यका लागि विश्वव्यापी नेता परिचालन
बैशाख १२, २०८१ बुधबार