रत्नपार्क क्षेत्रलार्ई थप सुन्दर बनाइने
इन्द्र रिजाल
बैशाख ३, २०७६ मंगलबार १३:२५:२
काठमाडौं । राजधानीको मुटुमा रहेको खुलामञ्च, रत्नपार्क, रानीपोखरी र घण्टाघर क्षेत्रलाई सुन्दर तथा व्यवस्थित बनाउने योजना अगाडि सारिएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको प्रयासमा महानगरीय आवश्यकता र परिवेशको आधारमा यी क्षेत्रलाई व्यवस्थित गर्न लागिएको हो ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले खुलामञ्च, रत्नपार्क, रानीपोखरी र घण्टाघर क्षेत्रलाई अझ सुन्दर र व्यवस्थित बनाइने बताए । उनले भने,“यस ठाउँको ऐतिहासिकतालाई कायम राख्दै अहिलेको वर्तमान आवश्यकतासमेत पूरा गर्नेगरी एकीकृत रूपमा यस क्षेत्रको विकास गर्ने योजना अगाडि बढाइएको छ ।”
वर्तमान आवश्यकता र परिवेशलाई सम्बोधन गर्ने गरी यस क्षेत्रको एकीकृत विकासका लागि केन्द्रीय आयोजना कार्यान्वयन इकाईको संयोजकत्वमा परामर्शदाता नियुक्त भई गुरु योजना बनाउने काम भइरहेको प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले जानकारी दिए ।
चालु आर्थिक वर्षभित्रमा नै यस योजनाको विस्तृत् परियोजना प्रतिवेदन ९डीपीआर० तयार गरी अगामी आर्थिक वर्षबाट निर्माण कार्य सुरु गरिने जानकारी उनले दिए । खुलामञ्च, रत्नपार्क, रानीपोखरी र घण्टाघर क्षेत्रलाई सुन्दर तथा व्यवस्थित बनाउने क्रममा रानीपोखरीको डिलमा निर्माण गरिएको त्रिचन्द्र कलेजलाई स्थान्तरण गर्न सकिनेबारेमा छलफल भइरहेको छ ।
प्रताप मल्लको पालामा रानीपोखरीको निर्माण हुँदा त्यो क्षेत्रमा कुनै पनि भौतिक संरचना नरहेको र पछि रानीपोखरीको डिलमा त्रिचन्द्र कलेजको स्थापना गरिएको बताउँदै उनले रानीपोखरीको मौलिकता र सुन्दरतालाई कायम राख्दै त्रिचन्द्र कलेजलाई स्थान्तरण गर्न सकेमा यो क्षेत्र अत्यन्त सुन्दर तथा ‘पब्लिक स्पेश’ को रूपमा विकसित हुनुका साथै यसको ऐतिहासिकता कायम हुने बताए ।
मुलुकमै पहिलो पटक उच्च शिक्षाको शुभारम्भ गरेको त्रिचन्द्र कलेजको ऐतिहासिकतालाई कायम गर्न, अहिलेको विद्यार्थीको चाप र आवश्यकतालाई पूरा गर्न तथा रत्नपार्क क्षेत्रको व्यवस्थितिकरणका लागि यस कलेजलाई स्थान्तरण गर्नु नै उपयुक्त हुने बताउँदै उहाँले जमलस्थित तत्कालीन परीक्षा नियन्त्रण कार्यालय रहेको त्रिभुवन विश्वविद्यालयको जग्गामा यस कलेजलाई स्थान्तरण गर्ने विषयमा छलफल भइरहेको बताए ।
अहिले त्रिचन्द्र कलेजको भौतिक संरचना समेत नमिलेको, माग अनुसारको प्रयाप्त ठाउँ नभएकाले समेत यस कलेजको स्थान्तरण आवश्यक रहेको उनको भनाई छ । विक्रम सम्वत् १९७५ चन्द्रशम्शेर जबराद्वारा सो कलेजको स्थापना गरिएको थियो ।
रत्नपार्क क्षेत्रलाई सुन्दर र व्यवस्थित बनाउने क्रममा अहिले रत्नपार्कमा रहेको ‘बस स्टप’ लाई अन्यत्र सारिने जानकारी उनले बताए । अहिले रत्नपार्क र शान्ति बाटिकाको बीचमा रहेको सवारी साधन गुड्ने बाटोलाई बन्द गरी पैदल यात्रीका लागि गोरेटो बाटो खोल्ने जानकारी समेत उनले जानकारी दिए ।
उनका अनुसार, अहिले रत्नपार्कमा रहेको ‘बस स्टप’ लाई रानीपोखरीको उत्तरी भागमा स्थान्तरण गरिने विषयमा छलफल भइरहेको छ । यसरी ‘बस स्टप’ स्थान्तरण भइसकेपछि खुलामञ्च, रत्नपार्क, शान्ति बाटिका र रानीपोखरी जोड्न गई एउटै ‘बेल्ट’ मा आउनुका साथै त्यहाँका ध्वनि प्रदूषण कम हुने र सो क्षेत्रको सुन्दरता बढ्ने उनले बताए ।
त्रिचन्द्र कलेजको ऐतिहासिकतालाई जोगाउने र रानीपोखरीको मौलिकतालाई उजागर गर्न ऐतिहासिक धरोहरको रुपमा रहेको घण्टाघरको संरक्षण गरिने बताउँदै प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले यसको पुनर्निर्माण गर्नुका साथै प्रबलीकरण ‘रेट्रोफिटिङ’ पनि गरिने बताए । घण्टाघरको साथै यससँग जोडिएका भवनहरुको समेत पुनर्निर्माण र प्रबलीकरण ‘रेट्रोफिटिङ’ गरिने उनले बताए ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपसांसद डा. शर्माद्वारा बाल अस्पताललाई २० लाख सहयोग
बैशाख ६, २०८१ बिहिबार
रुसी सेनामा कार्यरत आफन्तद्वारा सिंहदरवारमा प्रदर्शन, ११ जना पक्राउ
बैशाख ६, २०८१ बिहिबार
देशभर आज मौसम सफा रहने
बैशाख ५, २०८१ बुधबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
विलासी जीवन जिउने विद्या बालनले किन मागिन भिख ?
बैशाख ७, २०८१ शुक्रबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
आइपिएलमा आज दिल्ली र सनराइजर्स खेल्दै
बैशाख ८, २०८१ शनिबार
संस्कृति संरक्षण गर्न दलित समुदायलाई नौमती बाजा
बैशाख ८, २०८१ शनिबार
एसीसी प्रिमियर कप : तेस्रो स्थानको लागि आज नेपाल र हङकङ भिड्दै
बैशाख ८, २०८१ शनिबार
एमालेको प्रतिनिधि परिषद् बैठक आजदेखि, २ हजार ४५४ जना सहभागी हुदै
बैशाख ८, २०८१ शनिबार
आजको राशिफल कस्तो छ ?
बैशाख ८, २०८१ शनिबार
आजको मौसमः कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशमा वर्षा हुने
बैशाख ८, २०८१ शनिबार