हेटौडामा १३ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको भेला
इन्द्र रिजाल
बैशाख ३, २०७६ मंगलबार १८:३०:४
हेटौँडा । गृहमन्त्रालय काठमाडौँद्वारा आयोजित प्रदेश नं ३ को प्रदेशस्तरीय सुरक्षासम्बन्धी दुईदिने गोष्ठी आजबाट हेटौँडामा शुरु भएको छ ।
उक्त सुरक्षा गोष्ठीमा प्रदेश नं ३ को १३ जिल्लाका प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख र राष्ट्रिय अनुसन्धान विभाग जिल्लाका प्रमुखका साथै सशस्त्र प्रहरी र नेपाली सेनाका उच्च अधिकृतको सहभागिता रहने मकवानपुर जिल्ला प्रशासनले जनाएको छ ।
गृहमन्त्री रामबहादुर थापाले उक्त गोष्ठीलाई वैशाख ४ गते बिहान निर्देशन दिने भएको मकवानपुरका प्रजिअ आस्मान तामाङले जानकारी दिए ।
उक्त गोष्ठीमा गृह मन्त्रालयका सचिव प्रेमकुमार राई, नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनाल, सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनाल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख निर्देशक गणेश अधिकारी एवं नेपाली सेनाका उच्चपदस्थ अधिकृतहरु रहेका छन् ।
सुरक्षासम्बन्धी गोष्ठीमा प्रदेश नं ३ अन्तर्गत रहेका जिल्लाको शान्ति सुरक्षाका लागि समीक्षा गरिनुको साथै अपराध नियन्त्रणका प्रयास, नागरिकता वितरणसम्बन्धी तथ्याङ्कका साथै प्रदेशका सरकार प्रमुखसँग समन्वय र सहकार्य गरी प्रदेशमा सुशासन कायम गर्न गोष्ठीले सघाउ पु¥याउने प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले बताए ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपसरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
देशमा अर्को उथलपुथल हुनेवाला छः प्रधानमन्त्री प्रचण्ड
चैत १५, २०८० बिहिबार
राष्ट्रिय सभाकी उपाध्यक्ष अर्यालले बुझाइन राजीनामा
चैत १५, २०८० बिहिबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार