प्रधानमन्त्रीनिवासमा एक करोड मूल्यका सिसिक्यामरा जडान
इन्द्र रिजाल
बैशाख ४, २०७६ बुधबार १३:९:३९
काठमाडौं । सरकारले प्रधानमन्त्रीनिवासमा एक करोड मूल्यका सिसिक्यामरा जडान गरेको छ । अर्थ मन्त्रालयका अनुसार विशेष भवन निर्माण तथा सम्भार डिभिजनका नाममा चैतमा एक करोड रुपैयाँ रकमान्तर निकासा भएको छ ।
यो रकम प्रधानमन्त्रीनिवास बालुवाटारमा सिसिक्यामरा जडानमा खर्च भएको हो । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा अच्युत पुरीले लेखेका छन् ।
चैतमा मात्र अर्थ मन्त्रालयले आठ अर्ब ८४ करोड ८१ लाख रकमान्तर गरेको छ । त्यसमध्ये प्रधानमन्त्रीनिवासमा सिसिक्यामरा जडानका लागि एक करोड रकमान्तर भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ । यसबाहेक विभिन्न सडक आयोजनाका नाममा बढी रकम रकमान्तर भएको हो ।
अर्थ मन्त्रालय बजेट खर्च बढाउने सन्दर्भमा चैतपछि रकमान्तरका लागि उदार हुने गर्छ । चालू आर्थिक वर्षको फागुनमा १८ अर्ब रकमान्तर गरेको मन्त्रालयले चैतमा करिब नौ अर्ब रकमान्तर गरेको हो ।
अर्थमन्त्री डा. युवराज खतिवडाले भौतिक निर्माणले गति लिएका आयोजनामा अब रकमान्तर गरेर भए पनि रकम जोहो गरिने बताएका थिए ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपसरकारको बेइमानी : १३ लाख बालबालिकाको भविष्य जोखिममा
कात्तिक ८, २०८० बुधबार
राजधानीको हल्चोक स्थित रातामाटामा चङ्गा उडाउँदै [ फोटोफिचर ]
असोज २३, २०८० मंगलबार
अनधिकृत अनुवाद र पाइरेसीको विकृत धन्दा, एउटाको दुःख, अर्कोलाई मोज
असोज ८, २०८० सोमबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार