१२ मंसिर २०७८, आईतवार
खोज / विशेष

आईपीएल क्रिकेट : राजस्थान रोयल्सलाई १२ रनले पराजित गर्दै पञ्जाव विजयी

प्रकाशित मिति :  ४ बैशाख २०७६, बुधबार ०८:०४


एजेन्सी । आईपीएल क्रिकेटमा किंग्स इलाभेन पञ्जाव विजयी भएको छ । मंगलबार राति भएको खेलमा राजस्थान रोयल्सलाई १२ रनले पराजित गर्दै पञ्जाव १० अंकसहित तालिकाको चौथो स्थानमा छ ।

१८२ रनको लक्ष्य पछ्याएको राजस्थान निर्धारित ओभरमा ७ विकेट गुमाएर १७० रनमा रोकिएको थियो । राजस्थानका लागि राहुल त्रिपाठीले सर्वाधिक ४५ रन बनाए पनि हार टार्न सकेनन् ।

पञ्जावका अर्सदीप सिंह रविचन्द्र आश्विन र मोहम्मद सामीले दुई–दुई विकेट लिएका थिए । पहिला ब्याटिङ गरेको पञ्जावका लागि केएल राहुलले ५२ रन बनाउँदा डेभिड मिलरले ४० रन जोडेका थिए ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा