११ मंसिर २०७८, शनिबार

गिर्जाघरको पुनर्निर्माणका लागि करोडौं युरो

प्रकाशित मिति :  ४ बैशाख २०७६, बुधबार १३:२३


एजेन्सी: आगलागीबाट सोमबार राति ध्वस्त बनेको ‘नोट्र डेम’ गिर्जाघरको पुनर्निर्माणका लागि करोडौं युरो प्रदान गर्ने विभिन्न क्षेत्रबाट प्रतिबद्धता व्यक्त भएका छन् ।

एजेन्सीहरुका अनुसार विभिन्न कम्पनीहरुले निर्माणका लागि ६ सय मिलियन युरोको प्रतिबद्धता जनाइसकेका छन् ।

यसको निर्माणका लागि विश्वव्यापी रुपमा प्रतिबद्धता प्रकट भइरहेको छ । राष्ट्रपति इमानुएल म्याक्रोनले ऐतिहासिक गिर्जाघर पुनर्निर्माण तत्काल थाल्ने जनाएका छन् । आगलागीबाट विभिन्न महत्त्वपूर्ण कला सामग्री जोगाउन अग्निनियन्त्रकहरु सफल भएको अधिकारीहरुले जनाएका छन् ।

गिर्जाघरमा लागेको आगो भने करिब १५ घण्टापछि नियन्त्रणमा आएको थियो । ८ सय ५० वर्ष पुरानो गिर्जाघरको छानो आगलागीले खसेको छ । तर, अग्नि नियन्त्रकहरुले त्यसमा रहेको ढुंगाको संरचना र दुई टावर जोगाउन भने सफल भएका छन् । आगलागीको कारण खुलेको छैन ।

आगलागीको सम्भावित कारण खोजी भइरहेको अधिकारीहरुले जनाएका छन् । यसको अनुसन्धानका लागि ५० विज्ञ खटिएको बताइन्छ । अन्य अधिकारीहरुले भने पुनर्निर्माणको काम भइरहेकाले आगलागी भएको हुनसक्ने अनुमान गरेका छन् ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा