२२ मंसिर २०७८, बुधबार

वरिष्ठ पत्रकार श्रेष्ठको निधनप्रति प्रमद्वारा दुःख व्यक्त

प्रकाशित मिति :  ४ बैशाख २०७६, बुधबार २१:०१


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल समाचारपत्र दैनिकका प्रधानसम्पादक वरिष्ठ पत्रकार पुष्करलाल श्रेष्ठको निधनप्रति दुःख व्यक्त गरेका छन् ।

प्रधानमन्त्री ओलीले श्रेष्ठको निधनको खबर पाउँदा आफूलाई दुःख लागेको उल्लेख गर्दै दुःखको यस घडीमा दिवङ्गत श्रेष्ठप्रति श्रद्धा–सुमन अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना प्रकट गरेका छन् ।

श्रेष्ठको ६० वर्षको उमेरमा आज बिहान निधन भएको हो । उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि भएको छ । सन् १९५९ अगस्तमा जन्मनुभएका श्रेष्ठ सो पब्लिकेशन्स र नेपाल मिडिया सोसाइटीका संस्थापक अध्यक्ष थिए ।

राष्ट्रिय समाचार समिति ९रासस० का सञ्चालक समितिका सदस्य, न्यूनतम पारिश्रमिक निर्धारण समिति, नेपाल प्रेस इन्स्टिच्युट, सम्पादक समाज नेपाल, नेपाल प्रेस क्लब, प्रेस काउन्सिल नेपालमा कार्यकारी सदस्यका रुपमा समेत योगदान दिएका थिए ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा