११ मंसिर २०७८, शनिबार
विकास बैंक

मुक्तिनाथ विकास बैंकको “ मेरो पहिलो बचत खाता” सञ्चालनमा

प्रकाशित मिति :  ५ बैशाख २०७६, बिहीबार १२:५७


काठमाडौं । आफ्नो स्थापनाकालदेखि नै “ एक व्यक्ति – एक खाता, एक परिवार – एक उद्यमी” नारा आत्मसाथ गर्दै आफ्ना ग्राहकहरुलाई सहज सेवासुविधा प्रदान गर्दै आइरहेको मुक्तिनाथ विकास बैंकले नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकको “ समृद्धिसँग जोडाैं नाता, सबै नेपालीको बैंक खाता ” भन्ने नारा सहित “ खोलौ बैंक खाता २०७६ ” अभियानलाई सफल पार्नको लागि नयाँ बचत योजना “मेरो पहिलो बचत खाता” सञ्चालन गरेको छ ।

२०७६ बैशाख १ गतेदेखि लागु हुने उक्त बचत खाता खोल्ने हरेक प्राकृतिक व्यक्तिहरुलाई खाता खोल्नासाथ बैंकले एकसय नगद खातामा जम्मा गरिदिने र ग्राहकहरुको टेलिकम वा एनसेलको मोवाइल नम्बरमा थप एक सय बराबरको रिचार्ज ( टपअप ) गरिदिने छ ।

मुक्तिनाथ विकास बैंक

यस खातामा दैनिक मौज्दातमा वार्षिक ७ प्रतिशत ब्याजदरका साथै निः शुल्क आश्वा सेवा, निः शुल्क अन्तरशाखा कारोबार, निः शुल्क मोबाइल बैकिंङ्ग सुविधा र देशैभरी भिसा नेटवर्क अन्तर्गत रहेका करिब ३ हजार एटीएमबाट निः शुल्क रकम झिक्न मिल्ने सेवाहरु उपलब्ध हुनेछन् ।

हालसम्म बैंकले देशैभरी आफ्ना ११४ वटा शाखा र २२ वटा एटीएमबाट करिब ६ लाख ग्राहकलाई बैकिङ्ग सेवा प्रदान गर्र्दै आएको छ ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा