२२ मंसिर २०७८, बुधबार
राजनीति

बैशाख महिनाभरि कांग्रेस वरिष्ठ नेता पौडेलको भ्रमण, कारण यस्तो छ !

प्रकाशित मिति :  ५ बैशाख २०७६, बिहीबार १४:१२


काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बैशाख महिनाभरि विभिन्न जिल्लाको भ्रमण गर्ने भएका छन् ।

कांग्रेसका विभिन्न कार्यक्रममा सहभागि हुनका लागि पौडेलले सुदुरपश्चिम प्रदेश, पाँच नम्बर प्रदेश तथा दुई नम्बर प्रदेशका विभिन्न जिल्ला भ्रमणका कार्यक्रम तय भएको हो ।

पौडेलका जिल्ला भ्रमणका कार्यक्रम बैशाख ५ गतेबाट सुरु भएर बैशाख २४ गते सकिने उनका निजि सचिव चिरिन्जीवी अधिकारीले जानकारी दिए ।

यस्तो छ वरिष्ठ नेता पौडेलको जिल्ला भ्रमण कार्यक्रम :

बैशाख ५ गते : पोखरा प्रस्थान, हिरामणी सुवेदीको चौरासी पूजामा सहभागि हुने

बैशाख ७ गते : भैरहवा प्रस्थान, रुपन्देही क्षेत्र नम्बर ४ को क्षेत्रिय सम्मेलनलाई सम्बोधन गर्ने

बैशाख ८ गते : रुपन्देही क्षेत्र नम्बर २ को क्षेत्रिय सम्मेलनलाई सम्बोधन गर्ने

बैशाख ९ गते : रुपन्देही क्षेत्र नम्बर ७ को क्षेत्रिय सम्मेलनलाई सम्बोधन गरि काठमाडौं फर्कने

बैशाख १० गते : सडक मार्ग हुँदै सप्तरीका लागि प्रस्थान (रात्री मुकाम राजविराज)

बैशाख ११ गते : नेपाली कांग्रेस सप्तरी क्षेत्र नम्बर २ ले आयोजना गरेको हनुमाननगर काङकालनी नगरपालिकाको भारदहमा आयोजित आमसभालाई सम्बोधन गर्ने (रात्री मुकाम राजविराज)

बैशाख १२ गते : सिरहामा कार्यकर्ता भेटघाट

बैशाख १३ गते : नेपाली कांग्रेस रामेछाप नगरसमितिले आयोजना गरेको एम्बुलेन्स हस्तान्तरण कार्यक्रममा सहभागि हुने

बैशाख १४ गते : रौतहटको राजापुरमा नेपाली कांग्रेसले आयोजना गरेको आमसभालाई सम्बोधन गर्ने

बैशाख १५ गते : काठमाडौं फिर्ता हुने

बैशाख १६ गते : धनगढि हुँदै दार्चुला प्रस्थान गर्ने (रात्री मुकाम दार्चुला)

बैशाख १७ गते : नेपाली कांग्रेस दार्चुलाको जिल्ला सम्मेलनलाई सम्बोधन गर्ने, दार्चुलाबाट बैतडि प्रस्थान (रात्री मुकाम बैतडि)

बैशाख १८ गते : बैतडिको मेलौलीमा नेपाली कांग्रेसले आयोजना गरेको आमसभालाई सम्बोधन गर्ने (रात्रीमुकाम खड्पे)

बैशाख १९ गते : नेपाली कांग्रेस बझाङद्वारा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा सम्बोधन गर्ने  (रात्री मुकाम बझाङ)

बैशाख २० गते : नेपाली कांग्रेस डडेलधुराद्वारा आयोजित विभिन्न कार्यक्रमलाई सम्बोधन गर्ने ( रात्री मुकाम डडेलधुरा)

बैशाख २१ गते : नेपाली कांग्रेस कञ्चनपुरद्वारा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्ने (रात्री मुकाम महेन्द्रनगर)

बैशाख २२ गते : बिहान कैलालीको बेलौरीमा कार्यकर्ता भेटघाट, दिउसो धनगढिमा कार्यकर्ता भेटघाटलाई सम्बोधन गर्ने (रात्री मुकाम धनगढी)

बैशाख २३ गते : कैलालीको टिकापुरमा कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्ने (रात्री मुकाम टिकापुर)

बैशाख २४ गते : कैलालीको हसुलियामा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन पछि काठमाडौं फर्कने ।

 


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा