६ माघ २०७८, बिहीबार

दिल्लीको खेल आज, सन्दीपले मौका पाउलान् ?

प्रकाशित मिति :  ५ बैशाख २०७६, बिहीबार १५:३८


एजेन्सी । भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग ‘आईपीएल’ क्रिकेटमा आज ‘बिहिबार’ एक खेल हुँदैछ । आईपीएलमा बिहिबार नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने रहेको दिल्ली क्यापिटल्सले मुम्बई इण्डियन्ससंग प्रतिस्पर्धा गर्दैछ ।

दिल्लीस्थित फिरोज साह कोट्ला क्रिकेट मैदानमा हुने घरेलु टोली र मुम्बईबीचको खेल राति ८: १५ मा सुरु हुनेछ । सन्दीपको टिम दिल्ली मुम्बईविरुद्ध छैटौं जितको खोजीमा रहने छन् । दिल्लीले ८ खेलमा ५ जित निकालेको छ । १० अंक जोडेको दिल्ली दोस्रो स्थानमा रहेको छ ।

मुम्बईलाई हराएर दिल्ली शीर्ष स्थानको चेन्नई सुपर किङ्सविरुद्धको अंक दुरी कम गर्ने योजनामा हुनेछ । चेन्नईको १४ अंक रहेको छ ।तेस्रो स्थानको मुम्बई दिल्लीलाई हराएर दोस्रो स्थानमा उक्लने लक्ष्यमा हुनेछ । मुम्बईले ८ खेलबाट ५ जितसहित १० अंक नै जोडेको छ ।

मुम्बईविरुद्ध दिल्लीले नेपाली लेग स्पिनर सन्दीपलाई मैदान उतार्ने सम्भावना रहेको छ । सन्दीप पछिल्लो २ खेलमा दिल्लीको प्लेईङ सेटमा परेका छैनन् । तर, घरेलु मैदानमा सन्दीपलाई दिल्लीले मैदान उत्राने सम्भावना रहेको छ । सन्दीपले यस सिजन ४ खेलमा ५ विकेट हात पारेका छन् ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा