१९ मंसिर २०७८, आईतवार
खोज / विशेष

इण्डियन प्रिमियर लिग : सन्दीपको टिम दिल्ली मुम्बईसंग पराजित

प्रकाशित मिति :  ६ बैशाख २०७६, शुक्रबार ०७:२७


एजेन्सी । भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग ‘आईपीएल’ क्रिकेटमा मुम्बई इण्डियन्सले दिल्ली क्यापिटल्सलाई पराजित गरेको छ । बिहिबार भएको खेलमा मुम्बईले नेपाली राष्ट्रिय टोलीका सदस्य सन्दीप लामिछाने रहेको दिल्लीलाई ४० रनले हराएको हो ।

दिल्लीका लागि शिखर धवनले सर्वाधिक ३५ रन जोड्दा अक्षर पटेलले २६ रन बनाए । यस्तै पृथ्वी शले २० तथा क्रिस मोरिसले ११ रन बनाए । मुम्बईविरुद्ध पनि दिल्लीले नेपाली लेग स्पिनर सन्दीपलाई खेलाएन् ।

मुम्बईका राहुल चाहरले ३ तथा जस्प्रित बुम्राहले २ विकेट लिए । दिल्लीस्थित फिरोज साह कोट्ला क्रिकेट मैदानमा मुम्बईले दिएको १६९ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ९ विकेट गुमाएर १२९ रन मात्र बनायो ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ५ विकेट गुमाएर १६८ रन बनाएको थियो । मुम्बईका लागि कुर्नाल पाण्डयाले अविजित ३७ रन जोड्दा क्विनटन डी ककले ३५ रन जोडे । यस्तै हार्दिक पाण्डयले ३२ तथा कप्तान रोहित शर्माले ३० रन बनाए । सुर्य कुमार यादबले २६ रन बनाए ।

दिल्लीका कागिसो राबडाले २ विकेट लिए । जितसंगै मुम्बई लिगको दोस्रो स्थानमा उक्लिएको छ । मुम्बईले ९ खेलबाट १२ अंक जोडेको छ । पराजित दिल्ली ९ खेलबाट १० अंक जोडेर तेस्रो स्थानमा छ ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा