१३ माघ २०७८, बिहीबार

बेरूजु फर्छ्योटमा नेपाल प्रहरी उत्कृष्ट, गृहमन्त्रीद्धारा आईजीपीले पाए नगद पुरस्कार

प्रकाशित मिति :  ६ बैशाख २०७६, शुक्रबार ०८:०५


काठमाडौं । फर्छ्योट मापनको वर्गीकरणमा प्रहरी प्रधान कार्यालय सर्वोत्कृष्ट घोषित भएको छ । बेरूजु फर्छ्योटमा सर्वोत्कृष्ट भएको भन्दै गृह मन्त्रालयले आईजीपी सर्वेन्द्र खनाललाई सम्मान पनि गरेको छ।

प्रहरी प्रधान कार्यालय र अन्तर्गतका निकायहरूको बेरूजु फर्छ्योटमा सर्वोकृष्ट स्थान प्राप्त गरको भन्दै सम्मान गरिएको हो । गृहमन्त्री रामबहदुर थापाले एक कार्यक्रमबीच खनाललाई सम्मान गरेका हुन् । आर्थिक वर्ष ०७३–०७४ सम्मको बेरूजु रकममध्ये ८५ दशमलव १४ प्रतिशत प्रहरी प्रधान कार्यालयले फर्छ्योट गरेको छ ।

प्रहरी प्रधान कार्यालयले आव २०७३–०७४ सम्मको ६८ करोड ४१ लाख ७० हजारमध्ये ५८ करोड २५ लाख १८ हजार रुपैयाँ फर्छ्योट गरेको जनाएको छ ।

यो फर्छ्योट ८५ प्रतिशतभन्दा बढी हो । बेरुजु फर्छ्योटमा सर्वोत्कृष्ट भएको भन्दै प्रहरी प्रधान कार्यालयलाई नगद ८ हजार रुपैयाँ पनि पुरस्कार प्रदान गरिएको छ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा