युएन मिसनमा खटिएको प्रहरी टोलीलाई बिदाइ
इन्द्र रिजाल
बैशाख ६, २०७६ शुक्रबार १४:२३:२०
काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले संयुक्त राष्ट्र सङ्घको अनुरोधमा शान्ति स्थापनार्थ सुडानको डार्फरस्थित युनामिड मिसनमा खटिएको टोलीलाई बिदाइ गरेका छन् ।
महानिरीक्षक खनालले १६ औँ समूहमा खटिई जाने टोलीको कन्टिनजेन्ट कमाण्डर प्रहरी वरिष्ठ उपरीक्षक मिरा चौधरीलाई बिहीबार प्रहरी प्रधान कार्यालयमा नेपालको राष्ट्रिय झण्डा हस्तान्तरण गरी बिदाइ गरे ।
बिदाइ कार्यक्रममा महानिरीक्षक खनालले संयुक्त राष्ट्रसङ्घको तर्फबाट शान्तिदूतका रुपमा खटिने भए पनि मिसनमा खटिने प्रहरी कर्मचारीले देश र सङ्गठनको प्रतिनिधित्व गर्ने भएकाले राष्ट्रप्रति समर्पणभावसँगै दिएको जिम्मेवारी उच्च व्यवसायिकता प्रदर्शन गर्नुपर्ने बताए ।
महानिरीक्षक खनालले आफ्नो जिम्मेवारी पूरा गर्ने क्रममा स्थानीय रीतिरिवाज, परम्परा र मौलिकताप्रति सदैव संवेदनशील रहनुपर्ने बताउँदै मिसनमा रहँदा उच्च अनुशासनमा रहनुपर्ने उल्लेख गरे । उनले आफ्नो ज्ञान, सीप एवं कौशलको पूर्ण सदुपयोग गर्दै लगनशील भई आफ्नो जिम्मेवारी निर्वाह गर्नुपर्ने बताए ।
कार्यक्रममा युएन महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक विभूतिराज पाण्डेले १८० जनाको प्रहरी टोली वैशाख ९ र १६ गरी दुई चरणमा मिसन जान लागेकोे जानकारी दिए ।
मिसनमा प्रहरी वरिष्ठ उपरीक्षक एक, प्रहरी नायब उपरीक्षक नौ, प्रहरी निरीक्षक तीन, प्रहरी नायब निरीक्षक ३२, प्रहरी सहायक निरीक्षक ४८, प्रहरी हवल्दार ७६, प्रहरी जवान पाँच र प्रहरी कार्यालय सहयोगी ६ जना रहेका छन् ।
ट्राफिक प्रहरीलाई प्रोत्साहन भत्ता
सरकारले काठमाडौँ उपत्यकामा काम गर्ने ट्राफिक प्रहरीलाई प्रोत्साहन भत्ता दिने भएको छ । धुलो, धुँवा र अन्य कार्यालयमा भन्दा बढी समय सेवामा खटिनुपर्ने भएकाले ट्राफिक प्रहरीलाई सरकारले भत्ता दिन लागेको हो ।
भत्ताको व्यवस्थासहित ट्राफिक प्रहरीको प्रोत्साहन भत्ता व्यवस्थापन निर्देशिका–२०७५ समेत स्वीकृत भएको छ ।
नेपाल प्रहरीका प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले ट्राफिक प्रहरीमा कार्यरत कार्यालय सहयोगी, सिपाही र हवल्दारका लागि ४० प्रतिशत, प्रहरी सहायक निरीक्षक र प्रहरी नायब निरीक्षकका लागि २० प्रतिशत र प्रहरी निरीक्षक र प्रहरी नायब उपरीक्षकका लागि १० प्रतिशत भत्ता पाउने व्यवस्था भएको जानकारी दिए ।
ट्राफिक प्रहरीले आफ्नो तलबको आधारमा भत्ता पाउनेछन् । सरकारले विसं २०६९ मा ट्राफिक प्रहरीले उठाएको राजश्वको १५ प्रतिशत कमिसन ट्राफिक प्रहरीलाई दिने निर्णय गरेपछि आर्थिक वर्ष २०७०÷७१ मा मात्र ट्राफिक प्रहरीले अतिरिक्त भत्ता पाएका थिए ।
ट्राफिक प्रहरीले भत्ताकै लागि सवारी चालकसँग जथाभावी पैसा लिए भन्ने व्यापक गुनासो आएपछि सरकारले विसं २०७४ जेठ १५ गते उक्त कमिसन हटाएर अतिरिक्त भत्ता दिने निर्णय गरेको थियो ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले सरकारले ट्राफिक प्रहरीलाई अतिरिक्त भत्ता दिने निर्णयसँगै ट्राफिक प्रहरीको मनोबल बढेको बताए “जो धुवाँ, धुलो, घाम, पानी नभनी सडकमा खटिन्छन् त्यसलाई भत्ता दिने निर्णय गरेर सरकारले राम्रो काम गरेको छ”, उनले भने । महाशाखाका अनुसार काठमाडौँ उपत्यकामा एक हजार ८३ दरबन्दी भए पनि एक हजार ४०० हाराहारीमा ट्राफिक प्रहरी कार्यरत छन् ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपसांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
फरार रहेका जीवन चलाउनेविरुद्ध डिफ्युजन नोटिस जारी गर्न प्रहरीले गर्यो पत्राचार
बैशाख ६, २०८१ बिहिबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
बैशाख ५, २०८१ बुधबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
युएईसँग हारेसँगै नेपाल एशिया कपमा छनौट हुन असफल
बैशाख ७, २०८१ शुक्रबार
मुख्यमन्त्री अधिकारीले दिए गण्डकीमा चुमान र मनाङेलाई जिम्मेवारी
बैशाख ८, २०८१ शनिबार
सडक बालबालिकाः पहिचान पाउन अझै पनि कठिन
बैशाख ८, २०८१ शनिबार
भेरी नदी माथि बनेको पुल र आसपासको दृश्य
बैशाख ८, २०८१ शनिबार
हामीलाई कसैले कमजोर ठान्ने देशमा फेरी अर्को उथलपुथल हुन्छ : माधव नेपाल
बैशाख ८, २०८१ शनिबार
गर्मीमा छिटै तौल घटाउन चाहनुहुन्छ ? दैनिक खाली पेटमा सौंफको पानी पिउनुहोस्
बैशाख ८, २०८१ शनिबार