१२ मंसिर २०७८, आईतवार

बिप्लव निकट किसान सङ्घ पाल्पाका अध्यक्ष पक्राउ

प्रकाशित मिति :  ६ बैशाख २०७६, शुक्रबार १२:१३


बेझाड । बिप्लव नेतृत्वको नेकपा निकटको अखिल नेपाल किसान सङ्घ पाल्पाका अध्यक्ष टोपराज बस्याललाई प्रहरीले पक्राउ गरेको छ ।

तानसेन नगरपालिका–८ मदनपोखराबाट बस्याललाई बिहीबार पक्राउ गरी हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी उपरीक्षक विश्वमणि पोखरेलले बताए ।

बस्याललाई आजै मुद्दा दर्ता गर्ने तयारी भइरहेको र कुन मुद्दा दर्ता गर्ने भन्ने विषयमा थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक पोखरेलले बताए । मदनपोखरा निवासी बस्याल बिप्लव नेतृत्वको नेकपाका जिल्ला सदस्य र किसान सङ्घका केन्द्रीय सदस्य पनि छन् ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा