११ मंसिर २०७८, शनिबार

राष्ट्रपति सीले अर्को साता बिआरआईमा सम्बोधन गर्ने

प्रकाशित मिति :  ६ बैशाख २०७६, शुक्रबार १३:०१


बेइजिङ । चीनका राष्ट्रपति सी चिनफिङले दोस्रो बिआरआई अन्तर्राष्ट्रिय सहयोग सम्मेलनमा अर्को साता सम्बोधन गर्ने भएका छन् ।

चीनका विदेशमन्त्री वाङ यीले बेइजिङमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा उक्त जानकारी दिए । चीन सरकारको आयोजनामा बिआरआईको अन्तर्राष्ट्रिय सम्मेलन यही अप्रिल २५ देखि २७ सम्म बेइजिङमा हुँदैछ । मन्त्री वाङले सम्मेलनमा ३७ मुलुकका राज्य र सरकार प्रमुखहरुको सहभागिता रहने जानकारी दिए ।

चिनियाँ राष्ट्रपति सीको महत्वाकाँक्षी बेल्ट एन्ड रोड ‘बिआरआई’ कार्यक्रमले पूर्वी एसियालाई युरोप र अफ्रिकासँग सडक र रेलमार्गले जोड्नेछ । साथै, यी देशबीचको आर्थिक विकासमा आपसी साझेदारीले ठूलो मद्दत पुग्ने बताइएको छ ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा