स्याउजत्रो आकारको बालक, अस्पतालबाट डिस्चार्ज गर्ने तयारी
इन्द्र रिजाल
बैशाख ६, २०७६ शुक्रबार १९:२०:५१
टोकियो: जापानको एक अस्पतालमा गत अक्टोबरमा जन्मिएको विश्वकै सबैभन्दा कम तौलको बालकलाई अस्पतालबाट डिस्चार्ज गर्न लागिएको जापानी चिकित्सकहरुले बताएका छन् ।
ती बालक जन्मदा २२ सेन्टिमिटर अग्ला थिए अर्थात् स्याउको आकारका थिए । रिउसुके सेकिया नाम राखिएका ती बालककी आमा तोशिकामा उच्च रक्तचापकी बिरामी थिइन् ।
चिकित्सकहरुले तोशिकाको २४ हप्ता पाँच दिनको गर्भबाट सफलतापूर्वक सिजेरियन गरी ती बालकलाई जन्म दिएका थिए । गत अक्टोबर १, २०१८ का दिन जन्मेका ती बालकको तौल जन्मदा २५८ ग्राममात्र थियो ।
जापानमा यो दोस्रो अनौठो घटना हो । यसअघि अघिल्लो वर्ष जापानमै जन्मिएका अर्का एक बालकको तौल २६८ ग्राम थियो । ती बालकलाई गत फेब्रुअरीमा अस्पतालबाट डिस्चार्ज गरिएको थियो ।
अस्पतालको इन्टेन्सिभ केयरमा सात महिना राखेपछि रेयुसुकेको तौल १३ गुणा बढेको थियो । अहिले ती बालकको तौल ३ किलोग्रामभन्दा बढी भइसकेको छ । ती बच्चालाई जापानको नागानो बाल अस्पतालबाट डिस्चार्ज गर्ने तयारी गरिएको छ ।
जन्मिदा बच्चा यति सानो थियो कि छुँदै भाँच्चिएला जस्तो लाग्थ्यो । मलाई त अति डर लाग्थ्यो, आमा तोशिकाले बताइन् । “अहिले ऊ दूध पिउँछ । हामीले उसलाई नुहाइदिन थालेका छौं । मलाई अति खुशी लागेको छ,” उनले भनिन् ।
विश्वमै सबैभन्दा कम तौलकी बालिका सन् २०१५ मा जर्मनीमा जन्मिएकी थिइन् । जन्मिदा उनको तौल २५२ ग्राम मात्र थियो । अति साना बालबच्चाको बाँच्ने दर केटीहरुको भन्दा केटाहरुको कम हुने गर्दछ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपविश्वको सबैभन्दा अग्लो घन्टाघर, ६ किमी टाढैबाट सकिन्छ समय हेर्न
चैत ३०, २०८० शुक्रबार
जब चिहान खनेर मानव हड्डीबाट ड्रग्स बनाउन थालियो, देशैभरी लगाइयो आपतकाल
चैत २८, २०८० बुधबार
महिलाहरूको किन आउँछ दाह्री जुँगा ?
चैत २७, २०८० मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
बैशाख ५, २०८१ बुधबार
एनएमबि बैंकको एघारौँ हेरिटेज वाक कार्यक्रम सम्पन्न
बैशाख ५, २०८१ बुधबार
कोशीमा झन गरिँदैछ राजनीतिक संकट
बैशाख ५, २०८१ बुधबार
जसपाको महाधिवेशन एकताको प्रथम राष्ट्रिय महाधिवेशन हुने
बैशाख ५, २०८१ बुधबार
इजरायल र हमासबीचको युद्धको प्रभाव गुगल अफिसमा, किन हुदैछ प्रदर्शन ?
बैशाख ५, २०८१ बुधबार
गण्डकीमा सर्वोच्चको आदेश नटेर्ने एमालेको रणनीति
बैशाख ५, २०८१ बुधबार
शुक्रबार हुने सेमिफाइनलमा नेपालको प्रतिद्वन्दी युएई
बैशाख ५, २०८१ बुधबार