२२ मंसिर २०७८, बुधबार

प्रभु बैंकको परियोजना धितोमा ५ करोडसम्म कर्जा

प्रकाशित मिति :  ६ बैशाख २०७६, शुक्रबार १३:४०


काठमाडौं । प्रभु बैंकले सहुलियत कर्जा उपलब्ध गराउने भएको छ । बैंकले उद्यमीलाई परियोजना धितोको आधारमा सहुलियत कर्जा उपलब्ध गराउन लागेको हो ।

बैंकले सरकारले कार्यान्वयमा ल्याएको सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी व्यवस्था बमोजिम उक्त ऋण दिन लागेको बताएको छ । कर्जा योजनाअन्तर्गत व्यावसायिक कृषि, शिक्षित युवा बेरोजगार, वैदेशिक रोजगारीबाट फर्केका युवा, दलितका लागि कर्जा र उच्च र प्राविधिक शिक्षा अध्ययनका लागि कर्जा पाइनेछ ।

के–के छन् कर्जा सुविधा ?

बैंकले व्यावसायिक कृषि कर्जा योजनाअन्तर्गत ५ करोड रुपैयाँसम्म कर्जा प्रवाह गर्नेछ । योजनाअन्तर्गत १० लाख रुपैयाँभन्दा बढी ऋण लिन भने संस्था हुनुपर्ने र १ करोड रुपैयाँभन्दा बढीका लागि कम्पनी दर्ता भएको हुनुपर्ने शर्त बैंकले राखेको छ ।

बैंकले ल्याएको नीतिअनुसार शिक्षित युवा बेरोजगार कर्जाको लागि बैंकले उज्ज्वल कर्जा योजना ल्याएको छ । उक्त कर्जा लिनका लागि स्नातक उत्तीर्ण गरी ४० वर्ष ननाघेको हुनुपर्नेछ । बैंकले महिला उद्यमीका लागि उजेली कर्जा योजना ल्याएको छ ।

यो योजनामा ५ वर्षका लागि १५ लाख रुपैयाँसम्म विनाधितो ऋण पाइनेछ । यसैगरी वैदेशिक रोजगारीबाट फर्किएको ३ वर्ष नपुगेका पीआर तथा ग्रीन कार्ड नभएका युवाले विनाधितो १० लाख रुपैयाँसम्म ऋण पाउनेछन् ।

साथै, बैंकले दलित समुदायका लागि कर्मवीर कर्जा योजना ल्याएको छ । यो योजनामा पनि ५ वर्षसम्मका लागि १० लाख रुपैयाँसम्म ऋण पाइनेछ । यस्तै उच्च र प्राविधिक शिक्षा अध्ययनका लागि बैंकले ५ लाख रुपैयाँसम्म कर्जा दिने जनाएको छ ।

चेतना बचत खाता

यसैबीच, बैंकले ‘प्रभु चेतना बचत खाता’ सञ्चालनमा ल्याएको छ । नेपाल सरकारले सञ्चालन गरेको ‘खोलौँ बैंक खाता अभियान, २०७६’लाई सहयोग पुर्‍याउने उद्देश्यले बैंकले नयाँ खाता योजना सञ्चालन गरेको हो ।

प्रभु बैंकले सञ्चालनमा ल्याएको खातामा बैंकका तर्फबाट १ सय रुपैयाँ जम्मा गरिदिने व्यवस्था रहेको छ । खातामा जम्मा हुने रकममा वार्षिक ५ प्रतिशतका दरले ब्याज प्राप्त हुने बताइएको छ । योजनाअन्तर्गतका खातामा १ वर्षका लागि निःशुल्क भिसाकार्ड तथा एसएमएस सेवा शुल्कमा ५० प्रतिशत छुट उपलब्ध छ ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा