११ मंसिर २०७८, शनिबार

एसईई दिएर बसेका विद्यार्थीका लागि एनसेलले ल्यायो अफर

प्रकाशित मिति :  ६ बैशाख २०७६, शुक्रबार १४:०१


काठमाडौं । एसईई दिएर बसेका विद्यार्थीहरुलाई लक्षित गर्दै एनसेलले पहिलो सिम अफर प्रस्तुत गरेको छ । यो पहिलो सिमको मूल्य केवल १ रुपैयाँ कायम गरिएको छ ।

सिममा दिन र रातको डाटा प्याकहरु, प्रत्येक पटकको रिचार्जमा एसएमएस र डाटा बोनस तथा माइ फाइभ समाविष्ट छन् । विद्यार्थीहरुले सिम आफ्नो नजिकैको एनसेल सेन्टरबाट प्राप्त गर्न सक्नेछन् । सिम प्राप्त गर्न विद्यार्थीहरुले एसइइको प्रवेश कार्ड र अभिभावकको नागरिकताको प्रतिलिपि र पासपोर्ट साइजको फोटो एक थान् लिएर जानु पर्नेछ ।

एसईई सिममा समाविष्ट अफरहरु अन्तर्गत मात्र रु १७.७० मा दैनिक डाटा प्याकहरुः दिनको प्याकमा ३०० एमबि, जुन विहान ५ बजेदेखि साँझ ५ बजेसम्म कायम रहनेछ र रातको प्याकमा असीमित इन्टरनेट, जुन राती ११ बजेदेखि विहान ७ बजेसम्म कायम रहनेछ ।

सिम सुचारु गरेपछि यदि ग्राहकले रु.५० वा त्यसभन्दा बढीको रिचार्ज गरेमा बदलामा २४ घण्टाको लागि १०० एमबि डाटा र १०० एसएमएस सित्तैंमा प्राप्त गर्नेछ ।

यस्तै माइ फाइभ सेवा एक वर्षको लागि निःशुल्क प्राप्त हुनेछ, जसमा ग्राहकले कुनै पनि ५ वटा एनसेल नम्बरहरुसँग ३० दिनका लागि ० पैसामा र ३० दिनपछि ०.९९ पैसामा ११ महिनाको लागि जोडिन सक्नु हुनेछ । यो पहिलो सिम अफर यही २०७६ वैशाख ६ गतेदेखि ९० दिनसम्म लागू गरिएको छ ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा