२२ मंसिर २०७८, बुधबार

राष्ट्रपति विद्यादेवी भण्डारीको चीन भ्रमण राजकीय हुने

प्रकाशित मिति :  ६ बैशाख २०७६, शुक्रबार १५:५४


गणतन्त्रलाई थप सुदृढ तुल्याउन राष्ट्रपति भण्डारीको आह्वान

 काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको चीन भ्रमण राजकीय हुने भएको छ । बेल्ट एन्ड रोड इनिसिएटिभ ‘बीआरआई’ को दोस्रो अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन राष्ट्रपति भण्डारी वैशाख ११ गते चीन जान लागेकी हुन् ।

चीनले राष्ट्रपतिको भ्रमणलाई उच्च सम्मान गर्दै राजकीय बनाएको परराष्ट्र मन्त्रालयले जनाएको छ । राष्ट्रपति भण्डारी अप्रिल २६ र २७ मा हुने बीआरआईको दोस्रो अन्तर्राष्ट्रिय शिखर सम्मेलनमा विशेष निम्तालुका रूपमा चीन जाँदैछिन् ।

प्रधानमन्त्रीलाई पटकपटक रातो कार्पेट ओछ्याए भएपनि चीनले गणतन्त्रयता राष्ट्रप्रमुखलाई बेइजिङमा स्वागत गरेको छैन । बीआरआईमा १ सय २४ मुलुक र २९ संघ-संथाका उच्चस्तरका प्रतिनिधिको सहभागिता रहनेछ ।

सम्मेलनमा यसमा राष्ट्रपति सी चिनफिङले राष्ट्र एवं सरकार प्रमुखका रूपमा छुट्टै सम्बोधन र छलफल गर्ने कार्यक्रम छ । बीआरआईमार्फत चीनको चुङछोङबाट लाओस, भीयतनाम, थाइल्यान्ड हुँदै माल्दिभ्स र सिंगापुरको करिडोर बनिरहेको छ । बीआरआईमार्फत विश्वमा स्थल, जल, रेल र हवाई नेटवर्कको बलियो उपस्थिति चीनले जनाउन लागेको हो ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा