१२ मंसिर २०७८, आईतवार

ओली सरकारले भ्रष्टाचार,अनियमिततामा सिमा नाघ्यो : सभापति देउवा

प्रकाशित मिति :  ७ बैशाख २०७६, शनिबार १३:४२


काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भ्रष्टाचार,अनियमिततामा सरकारले सिमा नाघेको आरोप लगाएका छन् ।

शनिबार नयाँ वर्षको अवसरमा काठमाडौं क्षेत्र नम्बर–५ ले गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा सभापति देउवाले सरकारले जनताका लागी कुनै राम्रा काम गर्न नसकेको भन्दै भ्रष्टाचार,अनियमिततामा समेत सिमा नाघेको बताएका हुन् ।

उनले जनताले तिरेको कर कार्यकर्ताको पालन पोषणमा खर्चिएको टिप्पणी पनि गरे । देउवाले सरकारले दुई तिहाईको बलमा राज्यका सवै संयन्त्रलाई प्रधानमन्त्री मातहत ल्याएको र सेनालाई पनि आफ्नो नियन्त्रणमा राख्ने प्रयास गरेको बताए । ओली सरकारबाट जनताले मुक्ति चाहेको भन्दै देउवाले संघर्षका लागि तयार रहन कार्यकर्तालाई निर्देशन दिए ।

त्यस्तै उनले पार्टी भित्र गुट–उपगुट अन्त्य गरी पार्टीलाई एक ढिक्का बनाउने भन्दै जनताको मन जित्न जनताको घर–घर पुग्न पनि कार्यकर्तालाई निर्देशन दिए ।

त्यस्तै कांग्रेसका महामन्त्री डा. शंशाक कोइरालाले अहिले काग्रेसभित्रको गुटउपगुट अन्त्य गर्दे काग्रेसलाई शसक्त बनाई मुलुकमा आएका चूनौतिको सामना गर्नुपर्ने बताए । कार्यक्रममा काग्रेसका अन्य नेताहरुले काग्रेसको जागरण अभियानलाई प्रभावकारी बनाउन सुझाव दिएका थिए ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा