प्रहरी निरीक्षक आधारभूत तालिम सम्पन्न
इन्द्र रिजाल
बैशाख ८, २०७६ आइतबार १२:३०:३९
धनुषा । प्रदेश नम्बर २मा प्रहरी कार्यालय जनकपुरका प्रमुख प्रहरी नायव महानिरीक्षक हरि बहादुर पाल र राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजमा संचालित प्रहरी निरीक्षक आधारभूत तालिम १७९औँ समूहका प्रशिक्षार्थीहरुबीच अन्तरक्रिया एवं छलफल कार्यक्रम सम्पन्न भएको छ ।
प्रशिक्षणको क्रममा देश दर्शनकालागि सगरमाथा वेश क्याम्प पुगेर फर्किएको उक्त प्रशिक्षार्थीहरुको टोलीसँग प्रहरी नायव महानिरीक्षक पालले जनकपुरमा छलफल एवं अन्तरक्रिया गरेका हुन् । अन्तरक्रिया तथा छलफलको क्रममा प्रहरी नायव महानिरीक्षक पालले देशदर्शन कार्यक्रमले प्रशिक्षार्थीहरुमा भौगोलिक अवस्था, स्थानिय सामाजिक-साँस्कृतिक तथा आर्थिक अवस्थाहरुको बारेमा ब्यबहारिक ज्ञान प्राप्त हुने बिश्वास ब्यक्त गरे।
देश दर्शनका माध्यमबाट हासिल गरेको अनुभब तथा ब्यबहारिक ज्ञानलाई तालिमको मार्गदर्शकको रुपमा लिनु पर्ने चर्चा गर्दै प्रहरी नायव महानिरीक्षक पालले प्रहरी सेवाप्रति अझ बढी लगाव र सकारात्मक सोचको बिकाश भई संगठनले अपेक्षा गरेको नागरिकमैत्री एंवम सक्षम प्रहरी अधिकृत बन्न सघाउने समेत बताए ।
अनुशासन नै ब्यवसायिक सफलताको कडी भएकोले प्रशिक्षार्थीहरुले उच्च अनुशासनमा लगनशिल भई तालिम सम्पन्न गर्नुपर्नेमा उनले जोड दिए ।
राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंज, काठमाडौंमा २०७५ असार ३ गतेबाट संचालित प्रहरी निरीक्षक आधारभूत तालिम १७९ औँ समूहका प्रशिक्षार्थी प्रहरी निरीक्षकहरु तालिममा समावेश पाठ्यक्रम अनुसार २०७५ चैत्र २४ गतेदेखि २०७६ बैशाख ७ गतेसम्म देश दर्शनको क्रममा सगरमाथा बेश क्याम्प पुगी बिहीबार जनकपुर आई पुगेका थिए ।
कार्यक्रममा प्रहरी अधिकृत तथा उक्त तालिमका प्रशिक्षक ५ र प्रशिक्षार्थी ३० जना गरी ३५ जनाको सहभागिता रहेको थियो ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपसांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
फरार रहेका जीवन चलाउनेविरुद्ध डिफ्युजन नोटिस जारी गर्न प्रहरीले गर्यो पत्राचार
बैशाख ६, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
बैशाख ११, २०८१ मंगलबार
इलाम उपनिर्वाचन, डरैडरमा उम्मेदवार
बैशाख ११, २०८१ मंगलबार
गोरखा भूकम्पको सम्झनामा फोटो प्रदर्शनी हुने
बैशाख ११, २०८१ मंगलबार
रौतहटको करुनियामा आगलागीबाट ७ घर जलेर नष्ट, लाखौंको क्षति
बैशाख ११, २०८१ मंगलबार
निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द
बैशाख ११, २०८१ मंगलबार
सूर्य नेपाल काठमाडौं ओपनको पहिलो दिन भुवन शीर्षस्थानमा
बैशाख ११, २०८१ मंगलबार
जनकपुरमा होटलको एउटै कोठामा महिला र पुरुष झुन्डिएको अवस्थामा मृत फेला
बैशाख ११, २०८१ मंगलबार
सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा
बैशाख ११, २०८१ मंगलबार