नेकपाको ९ वैशाखमा एकता टुंग्याउने सैद्धान्तिक सहमति
इन्द्र रिजाल
बैशाख ८, २०७६ आइतबार १४:१५:५०
काठमाडौं । ११ महिनादेखि अल्झिएको एकता प्रक्रियाका बाँकी काम ९ वैशाखमा टुंग्याउने नेपाल कम्युनिस्ट पार्टी ‘नेकपा’ का ४ शीर्ष नेताबीच सैद्धान्तिक समहति भएको छ ।
अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल, नेता माधवकुमार नेपाल र महासचिव विष्णु पौडेलबीच सैद्धान्तिक समहति भएको नयाँ पत्रिकाले समाचार छापेको छ ।
‘उहाँहरुले शुक्रबार र शनिबार केही गृहकार्य गरेका छन् ।, औपचारिक छलफल गर्न बाँकी छ,’ पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले नयाँ भने, ‘छिटोभन्दा छिटो घोषण गर्न पाए हुन्थ्यो भन्नेमा हामी छौँ ।’ शीर्ष नेताबीचको छलफलले सकारात्मक निष्कर्ष निकालेको अवस्थामा तत्कालै केन्द्रीय सचिवालय बैठक बस्ने सम्भावना रहेको श्रेष्ठले बताए ।
अध्यक्ष ओलीनिकट बालुवाटार स्रोतका अनुसार ४ शीर्ष नेताबीच जिल्ला अध्यक्ष र सचिवहरूको सूची टुंग्याउन केही नीतिगत र सैद्धान्तिक विषयमा सकारात्मक छलफल भएकाले आइतबार बिहान ९ बजे बसेर प्रस्तावलाई अन्तिम रूप दिने तयारी छ । सहमति जुटाउने मापदण्डका सन्दर्भमा विभिन्न विकल्पमा चारै नेताले लचिलो बनेर खुला छलफल गरेका छन् । विशेषगरी पूर्वएमाले समूहमा एकता टुंग्याउने मापदण्डबारे अध्यक्ष ओली र नेपालबीच समझदारी जुटेको थिएन ।
नेताहरूबीचको पछिल्लो छलफलले आइतबारै ठोस सहमति बन्ने गरी सैद्धान्तिक आधार तयार गरेको केन्द्रीय सदस्य विष्णु रिजालले बताए । ‘विधि, प्रक्रियाका आधारमा मापदण्ड बनाएर टुंग्याउँ, एकताको संवेदनशील वेलामा सबैलाई अपनत्व महसुस गराउँ भन्नेमा नेताहरूबीच सैद्धान्तिक सहमति भएको छ,’ नेताहरूलाई उद्धृत गर्दै रिजालले नयाँ पत्रिकासँग भने, ‘मापदण्डका आधारमा नामसहित प्रस्तावलाई आइतबार ठोस रूप दिएपछि दुई अध्यक्षले केन्द्रीय सचिवालयको बैठकमा प्रस्ताव प्रस्तुत गर्नेछन् ।’
लामो समयदेखि एकता प्रक्रियाको बाँकी काम अल्झिँदा सरकार सञ्चालनमा समेत सकारात्मक प्रभाव नदेखिएपछि शीर्ष नेताहरूले पार्टी स्थापना दिवसमै टुंग्याउने गरी लगातार निर्णायक गृहकार्य गर्दै आएका छन् । शुक्रबार पनि ४ नेताबीच बालुवाटारमा छलफल भएको थियो ।
अन्तिम गृहकार्यका लागि सिन्धुपाल्चोकको सुकुटेबाट फर्किएलगत्तै बालुवाटार पुगेर अध्यक्ष दाहाल छलफलमा सहभागी भएका थिए ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपसरकारको बेइमानी : १३ लाख बालबालिकाको भविष्य जोखिममा
कात्तिक ८, २०८० बुधबार
राजधानीको हल्चोक स्थित रातामाटामा चङ्गा उडाउँदै [ फोटोफिचर ]
असोज २३, २०८० मंगलबार
अनधिकृत अनुवाद र पाइरेसीको विकृत धन्दा, एउटाको दुःख, अर्कोलाई मोज
असोज ८, २०८० सोमबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
पृथ्वीबाट अचानक रक्सी पूरै गायब भयो भने के हुन्छ ?
चैत १६, २०८० शुक्रबार
यस्ता छन् बिहीबारको मन्त्रिपरिषद् बैठकको निर्णय
चैत १६, २०८० शुक्रबार
सेती नदीमा डुबेर डोटीमा एक किशोरको मृत्यु
चैत १६, २०८० शुक्रबार
कम्युनिष्टसँग सहकार्य गर्दा कांग्रेसले गुमाएको गौरव
चैत १६, २०८० शुक्रबार
बङ्गलादेशी नागरिकलाई नेपाल ल्याई बन्धक बनाउने पक्राउ
चैत १६, २०८० शुक्रबार
दार्चुलामा भिरबाट लडेर एक वडा सचिवको घटनास्थलमै मृत्यु
चैत १६, २०८० शुक्रबार