११ मंसिर २०७८, शनिबार
पत्रपत्रिका

थानकोट-नागढुंगा खण्डमा सुरुङमार्ग निर्माणका लागि थप एक अर्ब ८१ करोड

प्रकाशित मिति :  ८ बैशाख २०७६, आईतवार ०८:३७


काठमाडौं । राजधानी भित्रिने मुख्य नाकाको रुपमा रहेको थानकोट–नागढुंगा खण्डमा प्रस्तावित सुरुङमार्ग निर्माणका लागि आवश्यक जग्गा अधिग्रहण तथा घर टहरा हटाउन थप १ अर्ब ८१ करोड रुपैयाँ प्रदान गरिएको छ ।

सडक विभाग, विकास सहायता समन्वय महाशाखाका प्रमुख अर्जुनजंग थापाले थानकोट–नागढुंगा खण्डमा प्रस्तावित सुरुङमार्ग निर्माणका लागि आवश्यक जग्गा अधिग्रहण तथा घर टहरा हटाउन सो रकम प्रदान गरिएको जानकारी दिए । उनका अनुसार, अर्थ मन्त्रालयबाट सुरुङमार्ग आयोजनालाई गत साता नै सो रकम प्राप्त भइसकेको गोरखापत्र दैनिकमा समाचार छ ।

“उक्त सुरुङमार्ग निर्माणका लागि करिब ४२५ रोपनी जग्गा अधिग्रहण गर्नुपर्ने देखिन्छ जसका लागि करिब ४ अर्ब रुपैयाँ आवश्यक पर्छ,” उनले भने । थानकोट–नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाका प्रमुख श्याम खरेलका अनुसार जग्गा अधिग्रहण गर्न काठमाडौं जिल्लामा पर्ने जग्गाका लागि प्रति आना न्यनूतम ९ लाख रुपैयाँदेखि अधिकतम ४२ लाखसम्मको मूल्य निर्धारण गरिएको छ ।

तर, धादिङ जिल्लामा पर्ने जग्गाको मूल्य निर्धारणबारे अहिलेसम्म कुनै निर्णय भएको छैन । खरेलका अनुसार प्रस्तावित उक्त सुरुङमार्ग निर्माणका लागि आवश्यक पर्ने जग्गामध्ये ३७६ रोपनी काठमाडौँ जिल्लामा ५५ रोपनी धादिङ जिल्लामा पर्छ ।

प्रस्तावित सुरुङमार्ग निर्माणका लागि आयोजनाको विस्तृत परियोजना प्रतिवेदन ‘डीपीआर’ र ढाँचा ‘डिजाइन’ यसअघि नै तयार भइसकेको छ । सुरुङमार्गको विस्तृत परियोजना प्रतिवेदन र डिजाइन जापान सरकारले गरेको हो । उक्त सुरुङमार्ग निर्माणका लागि नेपाल सरकार र जापानी सहयोग नियोग ‘जाइका’ सँग १६ अर्ब रुपियाँको ऋण सहयोग सम्झौतासमेत भइसकेको छ ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा