१२ मंसिर २०७८, आईतवार
राजनीति

पार्टीमाथिको दमन नरोकिए सरकारविरुद्ध सशक्त प्रतिरोध गर्ने विप्लवको चेतावनी

प्रकाशित मिति :  ८ बैशाख २०७६, आईतवार ११:२९


काठमाडौं । प्रतिबन्धित नेत्र विक्रम चन्द ‘विप्लव’ले नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आफ्नो पार्टीमाथिको दमन नरोकिए सरकारविरुद्ध सशक्त प्रतिरोध गर्ने चेतावनी दिएका छन्।

शनिबार एक विज्ञप्ति जारी गर्दै विप्लव समुहले सरकाले आफ्ना नेता कार्यकर्तालाई पक्राउ गरि चरम यातना दिएकोले पक्राउ परेका कार्यकर्तालाई तुरुन्त रिहाईको माग समेत गरेको छ ।

जारी विज्ञाप्तीमा भनिएको छ ‘केपी सरकारले हाम्रो पार्टीमाथिको दमनलाई रोकेन, प्रतिबन्ध हटाएन, नेता कार्यकर्ताको गिरफ्तारी रोकेन भने हामी यसका विरुद्ध सशक्त प्रतिरोध गर्न बाध्य हुनेछौं। हामी अहिले पनि भन्दैछौं हामीलाई बाध्य नपारियोस्’ ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा