११ मंसिर २०७८, शनिबार
राजनीति

सहमति, सहकार्य र एकताका साथ अघि बढ्नुपर्छ : नेत्री कोइराला

प्रकाशित मिति :  ८ बैशाख २०७६, आईतवार १२:२८


आन्तरिक विवादकै कारण पार्टी कमजोर

पोखरा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुजाता कोइरालाले सरकार सहमति, सहकार्य र एकताबाट अघि बढ्न नसकेको आरोप लगाएकी छिन् ।

नेपाल प्रेस युनियन कास्कीद्वारा आइतबार आयोजित पत्रकार सम्मेलनमा उनले भनिन, सहकार्यको अभावमा सरकार विकास निर्माणलगायतका काममा सफल बन्न सकेको छैन् ।”

पूर्व उपप्रधानमन्त्रीसमेत रहेकी नेतृ कोइरालाले कांग्रेसलाई कमजोर बनाउनुमा पार्टी नभई व्यक्ति÷व्यक्ति दोषी भएको उल्लेख गर्दै पार्टी बचाउनका लागि सबैको सामूहिक प्रयास आवश्यक हुने बताइन् ।

एउटा चुनाव हार्दैमा मनोबल कमजोर बनाउनु हुँदैन, उनले भनिन “पार्टीलाई सङ्गठित बनाएर लैजानुपर्छ ।” देशका ८० प्रतिशत युवाको भावनालाई प्रतिनिधित्व गर्ने गरी पार्टीको सङ्गठन विस्तार गर्नुपर्नेमा उनले जोड दिइन् ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा