२२ मंसिर २०७८, बुधबार
खोज / विशेष

व्यापार घाटा पौने ९ खर्ब पुग्यो, ओली अर्थतन्त्र धरापमा !

चीनतर्फको निर्यातमा भारी गिरावट : व्यापारघाटा साढे २४ प्रतिशतले बृद्धि

प्रकाशित मिति :  ८ बैशाख २०७६, आईतवार १२:५५


व्यापार घाटा

काठमाडौं । जताततै कर लगाएर राजश्वमुखी नीति अख्तियार गरेको केपी ओली सरकारको अर्थतन्त्र धरापमा पर्न थालेको तथ्यांकहरुले नै एकपछि अर्को रुपमा पुष्टि गर्न थालेको छ । व्यापार घाटा चुलिएको छ भने तीन हजारभन्दा बढी बस्तुमा शुन्य भन्सार सुविधा दिदाँपनि चीनतर्फको निर्यातमा भारी गिरावट आएको छ । दिनप्रतिदिन आयातमा भारी बुद्धि हुदै जाने तर निर्यात खुम्चिदै जादाँ देशको व्यापार सन्तुलन खलबलिन थालेको हो ।

foreign trade in nepal

नेपाल राष्ट्र बैंकले मुलुकको वैदेशिक व्यापारतर्फ वस्तु व्यापारको चालु आर्थिक वर्षको पहिलो आठ महिनाको तथ्यांक हालै प्रकाशित गरेको छ । उक्त तथ्याक अनुसार आर्थिक वर्ष २०७५/७६ को प्रथम आठ महिनामा कुल वस्तु व्यापार घाटा २४.५ प्रतिशतले विस्तार भई रु.८ खर्ब ८७ अर्ब ८८ करोड पुगेको छ । आयातमा भारी वृद्धि हुँदा यो अवस्थाको सिर्जना भएको देखिन्छ ।

समीक्षा अवधिमा कुल वस्तु निर्यात १४.६ प्रतिशतले वृद्धि भई रु.६१ अर्ब २२ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात १०.८ प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारततर्फ २६.३ प्रतिशत र अन्य मुलुकतर्फ १.३ प्रतिशतले निर्यात वृद्धि भएको छ भने चीनतर्फ २७.६ प्रतिशतले कमी आएको छ । चीनले करिब ३ हजार भन्दा बढी वस्तुहरुमा शून्य भन्सारको सुविधा प्रदान गर्दा पनि चीनतर्फको निर्यातमा सुधार आउनुको साटो झन ओह्रालो लागेको छ ।

वस्तुगत आधारमा पोलिष्टर यार्न, जस्तापाता, जडीबुटी, ऊनी गलैंचा लगायतका वस्तुको निर्यात बढेको छ भने तयारी पोशाक, अलैची, रोजिन, छाला, जुत्ता तथा चप्पल, आयुर्वेदिक औषधीका सामान लगायतका वस्तुहरुको निर्यात घटेको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । भन्सार नाकाका आधारमा निर्याततर्फ रसुवा भन्सार कार्यालय, कृष्णनगर भन्सार कार्यालय र सुख्खा बन्दरगाह भन्सार कार्यालयहरु बाहेकका भन्सार नाकाहरूबाट गरिएको निर्यातमा वृद्धि भएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।वैदेशिक व्यापार

 

वैदेशिक व्यापार

वैदेशिक व्यापारआर्थिक वर्ष २०७५/७६ को आठ महिनामा कुल वस्तु आयात २३.८ प्रतिशतले बढेर रु.९ खर्ब ४९ अर्ब ११ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात २२.० प्रतिशतले बढेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारतबाट भएको आयात २२.० प्रतिशत, चीनबाट भएको आयात ३७.८ प्रतिशत र अन्य मुलुकबाट भएको आयात २०. प्रतिशतले बढेको छ ।

वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, हवाईजहाज तथा पार्टपुर्जा, एम.एस. बिलेट, तयारी पोशाक, अन्य मेशिनरी तथा पार्टपुर्जा लगायतका वस्तुको आयात बढेको छ भने दूरसञ्चारका उपकरण तथा पार्टपुर्जा, सिमेन्ट, कच्चा भटमासको तेल, स्वास्थ्य उपकरण तथा औजार, सुपारी लगायतका वस्तुहरुको आयात घटेको छ । समीक्षा अवधिमा सबै भन्सार नाकाहरुबाट हुने आयातमा वृद्धि भएको छ ।

समीक्षा अवधिमा व्यापार घाटामा २४.५ प्रतिशतले वृद्धि भई कुल व्यापारघाटा ८ खर्ब ८७ अर्ब ८८ करोड पुगेको छ भने निर्यात आयात अनुपात ६.५ प्रतिशत रहेको छ जबकि सो अनुपात अघिल्लो आर्थिक वर्षमा ७.० प्रतिशत रहेको थियो । व्यापारघाटामा भारततर्फको व्यापारघाटामा २१.७ प्रतिशतले वृद्धि भएको छ भने अन्य मुलुकतर्फको व्यापार घाटामा २३.७ वृद्धि भएको छ । यता चीनतर्फको व्यापारघाटामा भने ३९ प्रतिशतको भारी वृद्धि भएको छ ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा