११ मंसिर २०७८, शनिबार

खाद्य संस्थानको चामल कारागारमा बढी खपत

प्रकाशित मिति :  ८ बैशाख २०७६, आईतवार १४:०७


पोखरा । गण्डकी प्रदेशका पहाडी जिल्लामा चामल आपूर्ति गर्दै आइरहेका नेपाल खाद्य संस्थाको पोखारा शाखामा हाल ५०० क्विन्टल चामल मौज्दात छ ।

यहाँबाट पहाडी जिल्ला खासगरी मनाङ र मुस्ताङ जिल्लामा सर्वसाधारणका लागि र अन्य जिल्लाका कारागारमा चामल आपूर्ति हुँदै आएको छ ।

गण्डकी प्रदेशअन्तर्गत स्याङ्जा, पर्वत, कास्कीका कारागारका साथै पोखराको सराङकोटस्थित बाल सुधारगृहमा चामल बिक्री गर्दै आइरहेको सो शाखाका सूचना अधिकृत भगवान भण्डारीले जानकारी गराए । उक्त शाखाले कास्की कारागारमा मासिक २०० क्विन्टल र अन्य कारागारमा मासिक १०० क्विन्टल चामल आपूर्ति गर्दै आएको छ ।

कारागारमा सोना मन्सुली चामल र जिरा मसिनो अन्य सर्वसाधारणका लागि बिक्री हुँदै आएको छ मनाङ र मुस्ताङ जिल्लामा सर्वसाधारणका लागि चामल स्थानीय शाखा कार्यालयमा पठाइसकिएको र माग हुनासाथ थप चामल पठाइने सूचना अधिकृत भण्डारीले बताए।

ती दुई जिल्लामा सर्वसाधारणका लागि मागबमोजिम गहुँ पनि भण्डारण गरिएको छ ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा