८ माघ २०७८, शनिबार

नेकपाद्धारा जिल्लास्तरीय नेतृत्वको बाँडफाँड टुंगो

प्रकाशित मिति :  ८ बैशाख २०७६, आईतवार २०:३१


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी ‘नेकपा’को सचिवालय बैठकले जिल्लास्तरीय नेतृत्वको बाँडफाँड टुंग्याएको छ । आइतवार साँझ बसेको नेकपाको सचिवालय बैठकले लामो समयसम्म टुंगिन नसकेको जिल्ला कमिटीको नेतृत्व छनोट गरेको हो ।

सचिवालय बैठकले पूर्व एमालेको भागमा ४२ र पूर्व माओवादीको भागमा ३५ जिल्लाको नेतृत्व पर्ने गरी एकीकरण प्रक्रिया टुंग्याएको सचिवालय सदस्य वामदेव गौतमले जानकारी दिए ।

पूर्व एमालेले अध्यक्ष पाएको जिल्लामा पूर्व माओवादीबाट सचिव हुने र पूर्व माओवादीले अध्यक्ष पाएको जिल्लामा पूर्व एमालेबाट सचिव हुने गरी जिल्ला तहको नेतृत्व छनोट भएको हो ।

पार्टीको पोलिटब्युरो, विभाग र जनवर्गीय संगठनको एकीकरण भने आगामी केही दिनमा टुंगिने बताइएको छ ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा