१२ मंसिर २०७८, आईतवार
राजनीति

आज कम्युनिष्ट पार्टीको ७० औं स्थापना दिवस, सात दशकपछि दुई तिहाइको सरकार गठन

प्रकाशित मिति :  ९ बैशाख २०७६, सोमबार ०७:५५


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी स्थापना भएको ७० वर्ष बितेको छ । सात दशकपछि निर्वाचनको माध्मबाट दुई तिहाइ मतसहितको सरकार गठन गरेको छ ।

यसलाई नेपाली कम्युनिष्ट आन्दोलनको ठूलो उपलब्धिको रूपमा लिइएको छ । शक्तिशाली सरकार गठनसम्मको यात्रा तय गर्न कम्युनिष्ट पार्टीले थुप्रै टुटफुट र एकताको श्रृङ्खला पार गर्नुपरेको छ ।

तत्कालीन राणा सरकारको विरोधमा जनमत निर्माण गरी देशमा सामाजिक रुपान्तरण र जागरणका लागि पुष्पलाल श्रेष्ठको अगुवाइमा नेपाल कम्युनिस्ट पार्टीको स्थापना भएको थियो । सिद्धान्ततः माक्र्सवाद र लेनिनवादमा विश्वास गर्ने भएपनि शुरुमा एउटै नाममा रहेको कम्युनिस्ट पार्टीमा समयक्रममा मतभेदसँगै अनेक विभाजन आए ।

नेपाली कम्युनिस्ट आन्दोलनका संस्थापक पुष्पलाल श्रेष्ठ, नरबहादुर कर्माचार्य, निरन्जन गोविन्द वैद्य र नारायण विलास जोशीको पहलमा २२ अप्रिल वि।सं। २००६ सालमा भारतको कलकत्तामा नेपाल कम्युनिस्ट पार्टीको स्थापना भएको थियो ।

कम्युनिस्ट पार्टीको स्थापनापछि सन् १९४९ सेप्टेम्बर १५ मा पहिलो घोषणा–पत्र जारी गरिएको थियो । ‘पहाड, पर्वत, खोलानाला जग्गाजमिन सबको, मालिक हामी दास बनौं किन रु हिस्सा सबमा सबको’ भन्ने उद्घोषकासाथ पहिलो घोषणापत्रले लोकजनवादी नेपालको निर्माण ग¥यो । पार्टीले सामन्तवाद, साम्राज्यवाद विरोधी नेपाली क्रान्तिको दिशा अवलम्वन गरेको थियो ।

कम्युनिस्ट पार्टी स्थापनाको चार वर्षपछि २०१० मा पार्टीको पहिलो महाधिवेशन भयो । त्यस महाधिवेशनबाट मनमोहन अधिकारी महासचिवमा निर्वाचित भए । दोस्रो महाधिवेशनबाट केशरजंग रायमाझी महासचिव भए। तर शुरुदेखि रायमाझी दरवार निकट रहेका २०१७ सालमा पहिलो पटक पार्टी विभाजन भयो ।

वि।सं। २०१७ साल पुस १ गते तत्कालीन राजा महेन्द्र शाहले शासनसत्ता हातमा लिएर निर्वाचित प्रधानमन्त्री विपी कोइरालालाई काराबास पठाएको घटनालार्ई केशरजङ्ग रायमाझीले स्वागत गरे । पुष्पलाल, मोहनविक्रम सिंह, तुलसीलाल अमात्य र मनमोहन अधिकारी रायमाझीको विपक्षमा उभिनुभयो, पार्टी विभाजनको रेखा त्यहीबाट कोरियो ।

समयक्रममा पूर्व मेची कोशी प्रान्तीय कमिटी पनि बन्यो तर अर्कोतिर रायमाझी समूह तयार भयो । त्यसपछि २०२५ सालमा पार्टी पुनः विभाजनमा प¥यो । २०२८ सालमा झापा जिल्ला कमिटी र केन्द्रीय न्यूक्लियस गरी दुईटा समूह बन्यो । एउटाको नेतृत्व सिपी मैनाली र अर्कोको नेतृत्व मोहनविक्रम सिंहले गरे ।

२०३८ सालमा रायमाझी समूह पनि विभाजन भयो । २०२८ सालतिर केपी शर्मा ओली झापाली समूहको सक्रिय युवा नेता थिए । पुष्पकमल दाहाल ‘प्रचण्ड’ त्यतिबेलाका कुनै धारमा नभए पनि पुष्पलालसँग राम्रो सम्बन्ध बनाएका थिए । तर उनी पुष्पलालसँग बस्न भएन । उनी मोहनविक्रम सिंहसँग रहेका। यता, झापाको विद्रोही समूहले आफ्नो पार्टीलाई परिमार्जन गर्दै अखिल नेपाल को–अर्डिनेसन कमिटी बनायो ।

यही समूह मिलेर २०३५ मा सिपी मैनालीको नेतृत्वमा नेकपा ९माले० बन्यो । वि।सं। २०३६ सालमा मनमोहन अधिकारीले गठन गरेको नेपाल कम्युनिस्ट पार्टी जनमत संग्रहमा बहुमतको पक्षमा लाग्यो । तर त्यतिबेला गठन भएको मालेले जनमतसंग्रह बहिष्कार ग¥यो ।

पुष्पलालको निधनपछि उनको समूहलाई सम्हाल्दै आएका बलराम उपाध्याय र साहना प्रधानले २०४३ सालमा मनमोहन अधिकारीको पार्टीसँग एकता गरेर नेपाल कम्युनिस्ट पार्टी ९माक्र्सवादी० बनाए ।

वि।सं। २०४६ को जनआन्दोलनमा मनमोहन सिहं नेतृत्वको पार्टी र सिपी मैनालीको मालेसहित अन्य साना समूह मिलेर संयुक्त वाम मोर्चा गठन गरेको थियो । जनआन्दोलनले पञ्चायती शासनको अन्त्य गरेपछि नेकपा माक्र्सवादी र नेकपा माले बीच एकता कायम भयो । एकतापछि एकीकृत नेपाल कम्युनिष्ट पार्टी ९एमाले० बन्यो र त्यसको महासचिवमा मदन भण्डारी भए ।

वि।सं। २०५० जेठ ३ गते मदन भण्डारीको निधनभएपछि माधवकुमार नेपाल महासचिव बने । महाकाली सन्धिलाई लिएर पार्टीमा विवाद हुँदा वामदेव गौतमले २०५४ सालमा पार्टी फुटाएर सिपी मैनालीसँग मिलेर माले गठन गरे । पछि वामदेव गौतम एमालेमै फर्किए ।

जनमत संग्रहमै २०३६ मा मोहनविक्रम सिंहको चौथो महाधिवेशन पनि विभाजित भयो । त्यसबाट निर्मल लामा निस्केर नेकपा ‘चौम’ गठन गरे । मोहनविक्रम सिंहको साथमा रहनुभएका ‘प्रचण्ड’ सक्रिय नेता थिए । त्यसक्रममा २०४१ सालको पाँचौं महाधिवेशनबाट मोहन वैद्य ‘किरण’ महामन्त्री भए । पछि सो पार्टीबाट फेरि मोहनविक्रम सिंह अलग भए । मोहन वैद्यले नेकपा मशाल बनाए र मोहनविक्रमले मोटो मशाल बताए।

प्रहरी बुथ आक्रमण गर्ने सेक्टर घटनापछि बैद्य नेतृत्वमा रहनु भएन । २०४५ सालमा नेकपा मशालले प्रचण्डलाई महामन्त्री बनायो ।
पञ्चायतको अन्त्य र बहुदलको पुनःस्थापनपछि प्रचण्ड नेतृत्वको पार्टी नेकपाले मशाल, निर्मल लामाको पार्टी नेकपा चौम, सर्वहारावादी श्रमिक संगठन र रूपलाल विश्वकर्माको समूह मिलेर नेकपा ९एकता केन्द्र० बनाउने निर्णय ग¥यो ।

एकताको दुई वर्ष नबित्दै सशस्त्र युद्धको विषयलाई लिएर सो पार्टीमा मतभेद शुरू भएको थियो । त्यही मतभेदका कारण २०५१ मा निर्मल लामा, नारायणकाजी श्रेष्ठ, अमिक शेरचन, लिलामणि पोख्रेल लागयतले नेकपा ‘एकता केन्द्र’ गठन गरे ।

पछि प्रचण्ड पार्टीको नामसँग माओवादी जोडेर सशस्त्र आन्दोलनको घोषणा गरे । जनयुद्ध चलिरहेकै बेला २०५९ सालमा मोहनविक्रम सिंह नेतृत्वको नेकपा मसाल र नारायणकाजी श्रेष्ठ नेतृत्वको नेकपा एकता केन्द्रबीच एकता भयो । तर त्यो पार्टी धेरै दिनसम्म एकसाथ रहन सकेन । २०६३ सालमा फेरि विभाजित भयो ।

माओवादी शान्ति प्रक्रियामा आएपछि नारायणकाजी श्रेष्ठको समूहले त्यसैसँग एकीकरण ग¥यो भने चित्रबहादुर केसी, साध्यबाहदुर भण्डारी, सीपी मैनाली, मोहन विक्रम सिंह अलग अलग पार्टी बनाएर नेतृत्व गरे । पछि संसदीय व्यवस्थालाई लिएर माओवादीबाट मोहन वैद्य अलग भए । २०७५ जेठ ३ गते दुई ठूला कम्युनिस्ट पार्टी तत्कालिन नेकपा ‘एमाले’र तत्कालिन ‘माओवादी केन्द्र’ बीच एकीकरण भयो ।

एकीकरण भएर नेपाल कम्युनिस्ट पार्टी ‘नेकपा’ बन्यो । नेकपा बन्नेक्रमा विश्वभक्त दुलाल ‘आहुती’, गोपाल किँराती अलग भए ।
‘मुठ्ठीभर सामन्तको कब्जामा रहेको सत्ता हटाएर जनताको वास्तविक सरकार बनाउने’ उदेश्यसहित स्थापित कम्युनिष्ट पार्टीलाई अहिले साँच्चि नै स्थापनाकालीन नीति कार्यन्वयन गर्ने अवसर छ ।

यद्यपी २०४७ सालपछि सबभन्दा बलियो सरकारको रुपमा गठन भएको वर्तमान सरकारलाई वास्तविक कम्युनिष्ट सरकार नभएको भन्दै परम्परागत अवधारणालाई पछ्याईरहेका केहि समूह अझै पनि छुट्टै कम्युनिष्ट पार्टीको रुपमा क्रियाशील छन । नेकपाका नेताहरुले एउटै कम्युनिष्ट पार्टी बन्नुको विकल्प नरहेको बताउँदै उनीहरुलाई पनि बदलिँदो परिस्थिति अनुसार नयाँ ढंगको कम्युनिष्ट पार्टी बनाउने गरी मूलधारमा एकीकृत हुन आग्रह गरिरहेका छन् । तर, वामबुद्धिजीवी एवं लेखक श्याम श्रेष्ठ भन्नुहुन्छ–अलग अलग साना साना समूहमा रहेका कम्युनिस्टहरुको बीचमा एकीकरण तत्काल सम्भव छैन ।”

जनमतको हिसाबले अहिले पनि देशको धेरै मानिसहरु कम्युनिष्ट पार्टीप्रति आस्थावान छन् । तर को वास्तविक कम्युनिष्ट को नक्कलि कम्युनिष्ट भन्ने पुरानो आरोप प्रत्यारोप अहिले पनि विभिन्न टुक्रामा विभाजित कम्युनिष्टहरुबीच जारी छ ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा