८ माघ २०७८, शनिबार

आईपीएल : बैंगलोरसंग शीर्ष स्थानको चेन्नई पराजित

प्रकाशित मिति :  ९ बैशाख २०७६, सोमबार ०८:४६


एजेन्सी । भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग ‘आईपीएल’ क्रिकेटमा रोयल च्यालेन्जर्स बैंगलोरले शीर्ष स्थानको चेन्नई सुपर किङ्सलाई पराजित गरेको छ ।

आइतबार भएको रोमान्चक खेलमा पुछारको बैंगलोरले चेन्नईलाई १ रनले हराएको हो । बैंगलोरस्थित चिन्नास्वामी स्टेडियममा बैंगलोरले दिएको १६२ रनको लक्ष्य पछाएको चेन्नईले २० ओभरमा ८ विकेट गुमाएर १६० रन मात्र बनाउन सक्यो ।

चेन्नईका लागि कप्तान महेन्द्र सिंह धोनीले ८४ रन्को अर्धशतकीय इनिङ्स खेलेपनि टोलीको हार टार्न सकेनन् । निकै आक्रामक ब्याटिङ गरेका धोनीले ४८ बलमा ५ चौका र ७ छक्का प्रहार गरे ।

चेन्नईलाई अन्तिम ओभरमा २६ रन आवश्यक रहेको बेला धोनीले उमेश यादबको पाँच बलमा ३ छक्का, एक चौका र २ रन जोड्दै टोलीलाई जित नजिक पुर्याएका थिए । चेन्नईलाई अन्तिम बलमा जितका लागि २ रन आवश्यकता रहेको थियो । तर, अन्तिम बलमा शार्दुल ठाकुर रन आउट भएपछि चेन्नई १ रनले पराजित भयो ।

यस्तै अम्बाती रायडुले २९ तथा रविन्द्र जडेजाले ११ रन बनाए । बैंगलोरका डेल स्टेन र उमेश यादबले २र२ विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बैंगलोरले २० ओभर खेल्दै ७ विकेट गुमाएर १६१ रन बनाएको थियो ।

बैंगलोरका लागि पृथ्वी पटेलले ५३ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै मोइन अलिले २६, एबी डी भिलियर्सले २५ र आकाश दिप नाथले २४ रन बनाए ।

चेन्नईका दिपक चाहर, ड्याने ब्राभो र रविन्द्र जडेजाले २र२ विकेट लिए । चेन्नईलाई हराएसंगै बैंगलोरले लिगमा तेस्रो जित निकालेको छ । बैंगलोरले १० खेलबाट ६ अंक जोडेको छ । बैंगलोर लिगको पुछारमा रहेको छ । पराजित चेन्नई शीर्ष स्थानमा यथावत रहेको छ । चेन्नईले १० खेलबाट १४ अंक जोडेको छ ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा