१२ मंसिर २०७८, आईतवार
विदेश

श्रीलङ्का आक्रमण : प्रधानमन्त्रीद्वारा सुरक्षा निकाय माथि छानबिनको माग

प्रकाशित मिति :  ९ बैशाख २०७६, सोमबार ०९:२९


एजेन्सी । आइतबारका श्रृङ्खलाबद्ध विस्फोटनको घटना पछि सरकारले लगाएको कर्फ्यु सोमबार बिहान ६ बजेबाट हटाइएको छ ।

श्रीलङ्काका प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले आइतवारको आक्रमणका बारेमा प्राप्त पूर्व सूचनाका आधारमा सुरक्षा निकायले कारबाही अगाडि नबढाएको विषयमा छानबिन हुनुपर्ने बताएको अन्तराष्ट्रिय समाचार स्रोतले उल्लेख गरेका छन् ।

टेलिभिजन सम्बोधनमा उनले २०९ को ज्यान जाने उक्त आक्रमणका बारेमा प्राप्त सूचनाबारे आफूलगायत अन्य मन्त्रीहरूलाई समेत जानकारी नदिइएको बताएका थिए। तर उनले अबको प्राथमिकता दोषीलाई कारबाही गर्ने रहेको उल्लेख गरेका छन्।

बम विस्फोटबारे अनुसन्धान गरिरहेको प्रहरीले १३ जनालाई प्रकाउ गरेको छ। ४५० भन्दा बढी घाइते भएको उक्त आक्रमणमा ३५ जना विदेशीको मृत्यु भएको अधिकारीहरूले बताएका छन्। घटना पछि श्रीलङ्कामा मिथ्या सूचनाहरू फैलिएको भन्दै सामाजिक सञ्जालको प्रयोगमा समेत रोक लगाइएको छ।

श्रीलङ्कामा सरकारले लगाएको कर्फ्यु सोमबार बिहान ६ बजेबाट हटाइएको छ।  श्रीलङ्काका विभिन्न आठ स्थानमा विस्फोट गराइको थियो ।

यस अधि श्रीलङ्काका एक जना मन्त्री हरिन फर्नानडोले नाम नखुलाइकन एउटा समूहले १० दिन अगाडि आक्रमण गर्न सक्ने सूचना दिएपनि सम्भावित घटना बारे राष्ट्रपति मैत्रीपाला सिरिसेनाले सरकारलाई जानकारी दिन नसकेको बताएका थिए।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा