आजबाट गणपति माइक्रोफाइनान्सको आईपिओ खुल्यो
इन्द्र रिजाल
बैशाख ९, २०७६ सोमबार १७:१०:४७
काठमाडौं । गणपति माइक्रोफाइनान्स वित्तीय संस्था (Ganapati)ले आजदेखि सर्वसाधारणमा साधारण शेयर ‘आईपिओ’ जारी गरेको छ।
कम्पनीले ३ करोड ३५ लाख रुपैयाँ बराबरको ३ लाख ३५ हजार कित्ता आईपिओ निष्काशन गरेको हो।
कम्पनीले निष्काशन गर्ने कुल तीन लाख ३५ हजार कित्ता शेयरमध्ये तीन लाख १३ हजार ७५ कित्ता शेयरका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्। पाँच हजार १७५ कित्ता लघुवित्तका कर्मचारीहरुलाई र १६ हजार ७५० कित्ता शेयर सामूहिक लगानी कोषहरुलाई छुट्टाइएको छ।
लघुवित्तले निष्काशन गर्ने आईपिओमा मेरो शेयर तथा सि आश्वा अनुमति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्थाबाट ७७ जिल्लाबाटै बैशाख १२ गतेसम्म आवेदन दिन सकिने व्यवस्था रहेको छ।
आईपिओमा न्यूनतम १० देखि एक हजार ५०० कित्तासम्म शेयर माग गर्न सकिन्छ। यद्यपी धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका अनुसार शेयर बााडफाँड गर्दा यस निष्काशनमा लगानीकर्ताले १० कित्ता शेयर नै गोलाप्रथाबाट प्राप्त गर्नुपर्ने अवस्था रहने हुनाले एक हजार रुपैयाँको आवेदन नै प्रयाप्त हुन्छ ।
माइक्रोफाइनान्सले एनआईबिएल एस क्यापिटल मार्फत जारी पूँजीको ३२.३७ प्रतिशत पूँजी सर्वसाधारणबाट संकलन गर्न लागेको हो। बाँकी ६७.६३ प्रतिशत पूँजी भने लघुवित्तको संस्थापक शेयरधनीहरुको तर्फबाट चुक्ता भैसकेको छ।
माइक्रोफाइनान्सको आईपिओलाई क्रेडिट रेटिङ्ग एजेन्सी केयर नेपाललले ‘केयर एनपि आईपिओ ग्रेड ४’ प्रदान गरेको छ । यसले लघुवित्तको स्तर औसतभन्दा तल आधार रहेको बुझाउँछ। ग्रेड १ ले सबैभन्दा बलियो जनाउँछ भने सोभन्दा मुनिको अंकले क्रमश कम आधार बुझाउँछ ।
हाल ७ करोड रुपैयाँ चुक्ता पूँजी रहेको माइक्रोफाइनान्सको आईपिओ निष्काशन पश्चात १० करोड २५ लाख रुपैयाँ पुग्नेछ। नेपाल धितोपत्र बोर्डले गणपतिलाई चैत ७ गते आईपिओ निष्काशन गर्न अनुमति दिएको थियो।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपनेप्सेमा सामान्य गिरावट, २ अर्बभन्दा बढीको कारोबार
बैशाख १३, २०८१ बिहिबार
नेप्से सामान्य अंकले बढ्यो, २ अर्बभन्दा बढीको कारोबार
बैशाख १२, २०८१ बुधबार
नेप्से ०.२८ अंकले वृद्धि भएर ३५०.७५ विन्दुमा कायम
बैशाख ९, २०८१ आइतबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
डढेलोले पाइप जल्यो, खानेपानीको समस्या
बैशाख १३, २०८१ बिहिबार
सडकको लम्बाई बढाएर ३८ लाख भ्रष्टाचार गरेको आरोपमा शाहीसहित ९ जनाविरुद्ध मुद्दा दायर
बैशाख १३, २०८१ बिहिबार
सडकमा पल्टिएको जीप
बैशाख १३, २०८१ बिहिबार
रुसद्वारा पोल्याण्डका नेटो आणविक केन्द्रहरू सैन्य लक्ष्य बन्न सक्ने चेतावनी
बैशाख १३, २०८१ बिहिबार