२२ मंसिर २०७८, बुधबार
समाज

आज विश्व पृथ्वी दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै

प्रकाशित मिति :  ९ बैशाख २०७६, सोमबार ११:३५


काठमाडौं । विश्व पृथ्वी दिवस आज विभिन्न कार्यक्रमका साथ नेपालमा पनि मनाइँदैछ । यो बर्ष ‘मातृभूमि पृथ्वी, शिक्षा र जलवायु परिवर्तन’ भन्ने नाराका साथ दिवस मनाउन लागिएको छ ।

हरेक बर्ष अप्रिल २२ तारिखमा पृथ्वीको रक्षाका लागि सचेतना बढाउने उद्देश्यले यो दिवस मनाउने गरिन्छ । सन् २००९ मा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल २२ तारिखलाई पृथ्वी दिवसका रुपमा मनाउने निर्णय गरेको थियो ।

अमेरिकाले सन् १९७० अप्रिल २२ मा विश्वमा पहिलोपटक यो दिवस मनाएको थियो । सन् १९६९ सान फ्रान्सिस्कोमा युनेस्कोको सम्मेलनमा शान्ति कार्यकर्ता जोन म्याक कोनेलले १९७० मा उत्तरी गोलार्धको बसन्त ऋतुको पहिलो दिन मार्च २१ बाट मनाउने गरि पृथ्वीको सम्मान तथा शान्तिको अवधारणाको लागि एक दिनको माग गरेका थिए ।

तर पछि अमेरिकी सिनेटर गेलर्ड नेल्सनले सन् १९७० मा पर्यावरण शिक्षाको रुपमा एक छुट्टै पृथ्वी दिवसको सुरुवात गरे । सन् २००९ मा राष्ट्रसंघको ६३ औँ महासभाले अप्रिल २२ तारिखलाई विश्वभर पृथ्वी दिवसका रुपमा मनाउने निर्णय गरे अनुसार अहिले यो दिवस विश्वभर मनाइन्छ । दिवसको अवसरमा पृथ्वीको पर्यावरणीय सुरक्षामा जोड दिने गरिएको छ ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा