८ माघ २०७८, शनिबार
राजनीति

प्रधानमन्त्री ओली भन्छन्,’देशलाई आधुनिक र समृद्ध देश बनाउन चाहान्छौँ’

प्रकाशित मिति :  ९ बैशाख २०७६, सोमबार १५:३०


काठमाडौं । प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष अध्यक्ष केपी शर्मा ओलीले पृथकतावादी राजनिति सकिएपछि के गर्ने भन्ने विषयमा केही तत्वहरु आत्तिएको बताएका छन् ।

नेकपाको ७० औँ एकता दिवसका अवसरमा बोल्दै प्रधानमन्त्री ओलीले देशलाई आधुनिक र समृद्ध बनाउन चाहेको र त्यसको लागि तयारी भइसकेको समेत बताएका हुन् ।

आधुनिकिकरणको लागि देशलाई डिजिटल यात्रा तय गरेको बताउँदै विद्यालय स्तरबाटै डिजिटल यात्रा सुरु गरी सकेको छ, प्रधानमन्त्री ओलीले भने। पछिल्लो समय देशमा धेरै किसिमका सकारात्मक परिवर्तन भएको र जसको नेतृत्व हाम्रो पार्टीले गरीरहेको छ, त्यो पनि सफलतापुर्वक उनले भने।

स-सानाकुरा कहा चुक्छ र उचाल्न पाइन्छ भन्नेहरुलाई जितेको छ । हामी साना तिनाकुराहरुमा अल्झिने होइन । देशलाई सधै गरिब बनाएर राख्ने होइन् । गरिबी ऋनय गर्ने हाम्रो अभियान हो, भन्दै प्रधानमन्त्री ओलीले सबैलाई समृद्धितीर उन्मूख हुन आग्रह गरेका छन् ।

ऐतिहासिक रुपमा बहुमतको सरकार भएको त्यो पनि आफ्नो पार्टीको नेतृत्वमा भन्दै अहिले सकारात्म परिवर्तन तर्फ उन्मुख हुन आवश्यक रहेको बताउनु भएको छ । आफु नेतृत्वमा भएको बेलामा नै ४० ओटा तुइन विस्तावित भएको बताउदै देशमा नयाँपन अआइसकेको बताए ।

कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले पार्टी एकताको लागि प्रचण्डले दिएको योगदान अतुलनीय रहेको बताए । उनले भने, सायद प्रचण्ड जी लचक नभइदिएको भए अथवा पार्टी एकताको विषयलाई सिरियस नलिनु भएको भए एकता सफल हुन नसक्ने भन्दै धन्यवाद समेत दिए ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा