६ माघ २०७८, बिहीबार

फिलिपिन्समा भूकम्प : छ जनाको मृत्यु

प्रकाशित मिति :  ९ बैशाख २०७६, सोमबार २१:३९


एजेन्सी । फिलिपिन्सको राजधानी मनिलामा समेत धक्का महसुस हुनेगरी उत्तरी फिलिपिन्सको जाम्बालेसलाई केन्द्र बनाएर ५.७ म्याग्नीच्यूडको भूकम्पका कारण दुई भवन भत्किँदा कम्तीमा छ जनाको मृत्यु भएको स्थानीय अधिकारीले बताएका छन् ।

“भूकम्पपछि परिचालित सुरक्षाकर्मीको उद्धार टोलीले उत्तरी फिलिपिन्सको पोराक शहरमा भवनको भग्नावशेषमा फसेका तीन शवलाई निकालिसकिएको र लुबाओ शहरमा भवनको भग्नावशेषमा तीन मृत शरिर फसेका छन्,” एबीएस–सीबीएन टेलीभिजनले प्रान्तीय गभर्नर लिलिया पिनेडालाई उद्धृत गरी समाचार प्रशारण गरेको छ ।

शहरबाट टाढाका क्षेत्रबाट क्षतिका विवरणहरू प्राप्त हुने क्रम जारी रहेको बताउँदै भूकम्पका कारण मृत्यु हुनेको सङ्ख्या बढ्न सक्ने गभर्नर पिनेडाले बताए । साँझको समयमा आएको भूकम्पका कारण शहरी क्षेत्रमा विद्युत सेवा अवरूद्ध बन्दा कतिपय स्थानमा उद्धार कार्यसमेत प्रभावित बनेको उनले बताए ।

अमेरिकी भूगर्भ सर्भेले फिलिपिन्समा ६.३ म्याग्नीच्यूडको भूकम्प गएको जनाएको छ । भूकम्पको केन्द्र जमिनको सतहबाट करिब ४० किलोमिटर मुनि रहेको फिलिपिनी भूगर्भ केन्द्रले जनाएको छ ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा