१९ मंसिर २०७८, आईतवार

सुनसरीको सीमा नाका ४८ घण्टाका लागि बन्द

प्रकाशित मिति :  १० बैशाख २०७६, मंगलवार ०६:३५


पानीटङ्याकी नाकामा एक सय नेपाली अलपत्र

इनरुवा । सुनसरीको सीमा नाका ४८ घण्टाका लागि बन्द भएको छ । आइतबार राति १२ बजेदेखि लागू हुने गरी ४८ घण्टाका लागि सीमा नाका बन्द गरिएको सुनसरीका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयाँलले जानकारी दिए।

वैशाख १० गते मङ्गलबार हुने भारतको लोकसभा निर्वाचनलाई मध्यनजर गर्दै सोमबार बिहानदेखि नेपाल–भारत सीमासँग जोडिएका सुनसरीका सीमा नाका बन्द गरिएको उनले जानकारी दिए ।

नेपाल र भारतमा हुने निर्वाचनका वेलामा दुवै देशका सीमावर्ती क्षेत्रका प्रशासनिक निकायले आपसी छलफल र सहमतिका आधारमा सिमा नाका बन्द गर्ने गरिन्छ ।

सुरक्षालाई मध्यनजर गर्दै आइतबार राति १२ बजेदेखि वैशाख १० गते साँझ ६ बजेसम्मका लागि सीमा बन्द गरिएको सुनसरीका प्रहरी उपरीक्षक राजन अधिकारीले जानकारी दिए ।

जिल्लाका कोशी ब्यारेजदेखि केसल्या नदीसम्मको ६२ किलोमिटर सीमा नाका बन्द गरिएको प्रहरी उनले बताए ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?