१३ माघ २०७८, बिहीबार

आठौँ राष्ट्रिय खेलकुद: फुटबलका सेमिफाईनल खेल आज

प्रकाशित मिति :  १० बैशाख २०७६, मंगलवार ०७:५४


बाँके । आठौँ राष्ट्रिय खेलकुद अन्र्तगत पुरुष तथा महिला फुटबलका सेमिफाइनलका खेलहरु आज हुँदैछन् । मंगलबार हुने सेमिफाइनलका खेल बिहान र अपरान्ह गरि एकैदिन खेलाइने छ । पुरुष फुटबल नेपालगंजको पुर्ननिर्मित रंगशालामा हुनेछ भने महिला फुटबल दाङको बेलझुण्डीस्थित रंगशालामा हुनेछ ।

नेपालगंज रंगशालामा बिहान हुने पहिलो सेमिफाइलनमा त्रिभुवन आर्मी क्लबले प्रदेश नम्बर ५ संग खेल्नेछ । समुह खको उपविजेता आर्मी र समुह कको विजेता प्रदेश ५ बीचको खेल बिहान ८ बजे हुनेछ ।

दोस्रो सेमिफाईनलमा अपरान्ह नेपाल पुलिस र एपीएफबीच प्रतिस्पर्धा हुनेछ । नेपालगंज रंगशालामा हुने खेल साँझ ४ बजे सुरु हुनेछ । नेपाल पुलिस समुह खको विजेता हो भने एपीएफ समुह कको उपविजेता टिम हो ।

त्यस्तै, दाङको बेलझुङ्डीमा हुने महिला स्पर्धाको पहिलो सेमिफाइलमा त्रिभुवन आर्मी क्लबले प्रदेश नम्बर ३ संग प्रतिस्पर्धा गर्नेछ । आर्मी समुह कको विजेता र प्रदेश ३ समुह खको उपविजेता बन्दै सेमिफाईनल पुगेका थिए ।

अर्को सेमिफाईनलमा पुलिस र एपीएफ भिड्नेछन् । साँझ ४ बजे हुने खेलमा पुलिस समुह खको विजेता र एपीएफ क्लब समुह कको उपविजेता बन्दै सेमिफाईनल पुगेको हो ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा