प्रतिरक्षा विश्वविद्यालय सञ्चालनको तयारीमा सेना
इन्द्र रिजाल
बैशाख १०, २०७६ मंगलबार १४:८:३५
देवबहादुर कुँवर
काठमाडौं । नेपाली सेनाले सञ्चालन गर्ने विभिन्न तालिम तथा प्रशिक्षणमा विदेशी सेनाको आकर्षण बढ्दै छ । यो आकर्षणसँगै सेनाले प्रतिरक्षा विश्वविद्यालय ‘एनडीयू’ सञ्चालनको तयारी पनि गरेको छ ।
विगत आठ वर्षको अवधिमा २० देशका ७६३ सैनिकले नेपाली सेनाले सञ्चालन गरेको तालिम पूरा गरेका छन् । नेपाली सेनाले काभ्रेको पाँचखालमा यूएन शान्ति कार्य, बाराको अमलेखगञ्जमा जङ्गल वारफेयर ९युद्धकला०, मुस्ताङमा माउण्टेन वारफेयर, काठमाडौँको शिवपुरीमा कमाण्ड तथा स्टाफ कलेज र भक्तपुरको खरिपाटीमा अधिकृत क्याडेट तालिम सञ्चालन गर्दै आएको छ ।
तीमध्ये प्यारा जम्प, रेञ्जर ‘कमाण्डो’, विपद् व्यवस्थापन तथा प्रतिआतङ्कवादसँग सम्बन्धित् सैनिक अभ्यसमा चीन, भारत र अमेरिकी सेनाको एसिया प्यासेफिक कमाण्डसँग संयुक्त रूपमा सञ्चालन हँुँदै आएको छ ।
सैनिक तालिम, प्रशिक्षण र अभ्यासप्रति विभिन्न राष्ट्रका सेनाको सहभागिता प्रत्येक वर्ष बढ्दै गएको सेनाले जनाएको छ । नेपाली सेनाले २०६७ सालबाट विभिन्न सैनिक तालिम केन्द्र तथा प्रतिष्ठानमा सञ्चालित प्रशिक्षणमा विदेशी सेनालाई सहभागी गराउने निर्णय गरेको थियो ।
यो निर्णयसँगै विदेशी सेनाका लागि नेपालको भू–बनोट, हावापानी र प्रशिक्षण आकर्षक तथा प्रभावकारी बन्दै गएको सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले बताए । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार, कमाण्ड तथा स्टाफ कलेजबाट ७९, सैनिक तालिम प्रतिष्ठान खरिपाटीबाट २४, माउण्टेन वारफेयरबाट २७७, जङ्गल वारफेयरमा ६२, प्यारा २१ र शान्तिकार्य तालिम केन्द्र पाँचखालबाट २९० जना विदेशी सैनिकले प्रशिक्षण लिइसकेका छन् ।
राष्ट्रिय सुरक्षा नीति तथा प्रतिरक्षा नीतिलगायत विश्वको बदलिँदो परिस्थति र अवस्थाको विषयमा उच्च अध्ययन, अध्यापन तथा अनुसन्धान गर्न सेनाले प्रतिरक्षा विश्वविद्यालय सञ्चालनको तयारी गरेको हो ।
यो विश्वविद्यालयको स्थापनापछि सेनाको ब्रिगेडियर ‘सहायकरथी’ तहका उच्च सैनिक अधिकारीका लागि अनिवार्य गरिएको नेशनल डिफेन्स कोर्ष ‘एनडीसी’ अध्ययन गर्न विभिन्न देशमा धाइरहनुपर्ने बाध्यता हट्ने छ । एनडीसी कोर्ष नगरेकाहरू पदोन्नति हुनबाट बन्चित हुन्छन् ।
अन्तर्राष्ट्रिय सेनाको सीप तथा क्षमता विकासका लागि नेपालको भू–बनोट तथा हावापानी नै आकर्षक भएको भनाइ नेपाली सेनाको छ । तराई, पहाड र हिमाल गरी तीन किसिमको भू–बनोटसँगै नेपाली सेनाले प्रदान गर्ने प्रशिक्षण तथा अभ्यासमा सैद्धान्तिकभन्दा व्यावहारिक पक्ष बढी समेटिने भएकाले तालिम प्रभावकारी बन्दै गएको दाबी सैनिक अधिकारीको छ ।
विदेशी प्रशिक्षार्थीका लागि प्रत्येक वर्ष भक्तपुर खरिपाटीस्थित सैनिक तालिम प्रतिष्ठानमा चार, स्टाफ कलेजमा १०, माउण्टेन वारफेयरमा सात, जङ्गल वारफेयरमा १३, प्यारा स्कुलमा छ जना गरी ४० वटा कोटा छुट्याएको छ ।
माउण्टेन वारफेयर र जंगल वारफेयर तालिममा कोटाभन्दा बढी प्रशिक्षार्थी सहभागी हुने गरेका छन् । युएन शान्तिकार्य अभ्यासमा पनि विदेशी सेनाको आकर्षण बढ्दै गएको छ । सैनिक प्रवक्ता पाण्डेले छिमेकी राष्ट्र भारत र चीनमात्र नभई अफ्रिकी मुलुकका सेनाको समेत आकर्षणमा नेपाल पर्ने गरेको जानकारी दिए ।
भारत, पाकिस्तान, बङ्गलादेश, मलेसिया, चीन, श्रीलङ्का, अमेरिका, बेलायत, दक्षिण कोरिया, नाइजेरिया, लेबनान, केन्या, घाना, म्यानमार, थाइल्याण्ड, इन्डोनेसिया लगायत २० देशका सेनाले नेपालमा सञ्चालित विभिन्न किसिमको प्रशिक्षण तथा अभ्यासमा सहभागिता जनाउँदै आएका छन् । गोरखापत्रबाट
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपसेनाको हिमाल सफाइ टोली आज नाम्चेबाट सगरमाथा तर्फ प्रस्थान
बैशाख ५, २०८१ बुधबार
सेन्ट्रल अफ्रिकन रिपब्लिकमा तैनाथ नेपाली शान्ति सैनिकहरुको अदलीबदली
बैशाख ३, २०८१ सोमबार
सैनिक प्रवक्ताको जिम्मेवारी केसीलाई हस्तान्तरण
बैशाख ३, २०८१ सोमबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
यज्ञप्रसाद भट्टराई
बैशाख ८, २०८१ शनिबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
नेपालबहस संवाददाता
बैशाख ७, २०८१ शुक्रबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
बैशाख ८, २०८१ शनिबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
गर्मीमा छिटै तौल घटाउन चाहनुहुन्छ ? दैनिक खाली पेटमा सौंफको पानी पिउनुहोस्
बैशाख ८, २०८१ शनिबार
आगो निभाउन गएको दमकल दुर्घटना, ६ जना घाइते
बैशाख ८, २०८१ शनिबार
वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व संकलन
बैशाख ८, २०८१ शनिबार
भन्सार छलेर ल्याएका ५० लाखका कपडा र काजु बरामद
बैशाख ८, २०८१ शनिबार
नयाँ वित्तीय साधनका लागि विश्व बैंकलाई ११ अर्ब अमेरिकी डलर कोष प्राप्त
बैशाख ८, २०८१ शनिबार
रुसी सेनामा भएकालाई फर्काउन माग गर्दै आफन्तको प्रदर्शन
बैशाख ८, २०८१ शनिबार
मौरीपालक कृषक बढ्दै ,उत्पादन घट्दै
बैशाख ८, २०८१ शनिबार