Advertisement

काठमाडौं । आन्दोलनरत राष्ट्रिय प्रजातन्त्र पार्टी ‘राप्रपा’ र सरकारबीच आज वार्ता हुँदैछ । हिन्दु राष्ट्र र राजा सहितको प्रजातन्त्रको माग गर्दै आन्दोलन गरिरहेको ‘राप्रपा’सँग सरकारले पहिलोपटक वार्ता गर्न लागेको हो ।

दिउसो एक बजे कानून मन्त्रालय सिंहदरबारमा सरकारी वार्ता टोली र राप्रपाविच पहिलो चरणको वार्ता हुने कार्यक्रम छ । वार्तामा सरकारी पक्षको नेतृत्व कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले गर्नेछन् ।

राप्रपाले भने वार्ताका लागि दीपक बोहराको संयोजकत्वमा महामन्त्री राजेन्द्र लिङ्देन र नेता नीरञ्जन थापासहित तीन सदस्यीय वार्ता समिति गठन गरेको छ ।

Advertisement

सरकार समक्ष हिन्दु राष्ट्रको पुनःस्थापना, राजासहितको लोकतन्त्रका लागि सर्वपक्षीय गोलमेच सम्मेलन, संघीयताबारे जनमतसंग्रहको विषयलाई प्रमुखताका साथ राख्ने तयारी राप्रपाको छ ।

Advertisement