६ माघ २०७८, बिहीबार

निर्मला हत्या प्रकरण : सरकार सुत्यो तर हामी जागै छाैँ

प्रकाशित मिति :  १० बैशाख २०७६, मंगलवार १५:२५


कञ्चनपुर । बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तका हत्यारा पत्ता लगाउन माग गर्दै अधिकारकर्मीहरुले जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएका छन् ।

मंगलबार नागरिक संघर्ष समितिको अगुवाइमा अधिकारकर्मीहरुले जिल्ला प्रशासनको गेटमा २ घण्टा दिएका हुन् ।घटना भएको ९ महिना पुगेको दिन धर्नासँगै अधिकारकर्मीहरुले प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र समेत बुझाएका छन् ।

बिहान साढे १० देखि साढे १२ बजेसम्म अधिकारकर्मी र पीडित परिवारले धर्ना दिएका हुन् । धर्नामा निर्मलाका बुवा यज्ञराज र कान्छी आमा लक्ष्मी पनि सहभागी थिए ।

यस विषयमा अधिकारीकर्मी सारधा चन्दले सडक तताउने काम बन्द गरेपनि पिडितलाई न्याय दिलाउन लागी परेको नेपाल बहस डटसंगको कुराकानीमा बताएकी छिन्, “उनी भन्छिन् हामीले अहिले सरकारलाई दबाब दिने खालका कार्यक्रम जारी राखेका छौ । सरकार सुत्यो अनि त्यही भएर निर्मला हत्या प्रकरणमा हामीले दबाब दिइरहेका छौ । हाम्रो माग जतिसक्दो पिडितलाई न्याय र आन्दोलनमा घाइते भएकालाई उपचार खर्चको व्यवस्था होस भन्ने हो । यसै कारण आज हामीले २ घण्टा प्रशासनमा धर्ना दिएका हौँ ।”

घटना भएको लामो समयसम्म पनि अपराधी पत्ता नलाग्दा पीडित परिवार मात्रै नभई कञ्चनपुरवासीले समेत न्याय अनुभुति गर्न नपाएको ज्ञापन पत्र बुझाउँदै नागरिक संघर्ष समितिका सदस्य नर बहादुर साउदले बताए । उनले ९ महिनासम्म पनि अपराधी पत्ता नलाग्नु दुखद भएको बताए ।

प्रमुख जिल्ला अधिकारी सुशिल वैद्यले घटनाको अनुसन्धान तीब्र रुपमा चलिरहेको बताए । विभिन्न टोलीले निरन्तर अनुसन्धान गरिरहेकाले छिट्टै अपराधी पत्ता लाग्ने विश्वास व्यक्त गरे ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा