बैंकिङ कसुरको आरोपमा फणिन्द्र नेपाल पक्राउ
इन्द्र रिजाल
बैशाख १०, २०७६ मंगलबार २१:४:२७
काठमाडौं । ग्रेटर नेपाल अभियानका संयोजक फणिन्द्र नेपाल बैंकिङ कसुरको आरोपमा पक्राउ परेका छन् । गौशालामा रहेको इडेन गार्डेन नामक स्कुल सञ्चालक समेत रहेका नेपालले घरबेटीलाई तिर्नुपर्ने भाडा चेकमार्फत भुक्तानी गरेकोमा सो चेक बाउन्स भएपछि पीडितले दिएको उजुरीको आधारमा प्रहरीले उनलाई आज पक्राउ गरेको हो ।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले घरधनी नरेश कुमार न्यौपानेले दिएको उजुरीको आधारमा नेपाललाई मंगलबार पक्राउ गरिएको जानकारी दिएका छन् ।
नेपालले न्यौपानेलाई तिर्नुपर्ने ६ लाख पटक–पटकको ताकेतापछि चेक दिएका थिए । तर, नेपालले दिएको चेक बाउन्स भएपछि प्रहरीकहाँ पुगेको हो ।
गौशालाबाट पक्राउ परेका नेपाललाई बैकिङ कसुरमा म्याद थप गरेर थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
यसैबीच नेपालले न्यौपानेले हिसाव गोलमाल गरेर आफूलाई फसाउन खोजेको दाबी गरेका छन् ।
‘मैले नरेश कुमार न्यौपाने नामक घरधनीलाई घरभाडा बापत रू ६ लाखको चेक दिएको थिएँ । चेकको भुक्तानी मितिमा ६ लाख नगद रकम बुझी आज चेक ल्याउन बिर्सिएँ , भोलि चेक फिर्ता गर्छु भनेकोमा चेक बाउन्स गरेर मलाई फसाउने काम भयो ।’
पैसा लिइसकेपछि न्यौपानेसँग चेक पटक–पटक फिर्ता माग्दा नदिएर अहिले चेक बाउन्स गरी पक्राउ गर्ने भूमिका खेलको आरोप नेपालको छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपइलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
बैशाख ८, २०८१ शनिबार
अब हामी देशमा अर्को उथलपुथल ल्याउँछौँः माधव नेपाल
बैशाख ८, २०८१ शनिबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
नेपालबहस संवाददाता
बैशाख ७, २०८१ शुक्रबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
नेपालबहस संवाददाता
बैशाख ६, २०८१ बिहिबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
बैशाख ८, २०८१ शनिबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
हिमाल हेर्न नेपाल आएका पिटर शैक्षिक उन्नयनमा सक्रिय
बैशाख ८, २०८१ शनिबार
एलोन मस्कको भारत भ्रमण स्थगित
बैशाख ८, २०८१ शनिबार
कुम्भमेलामा १० दिनमा दुई लाखभन्दा बढी दर्शनार्थी सहभागी
बैशाख ८, २०८१ शनिबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
बैशाख ८, २०८१ शनिबार