११ मंसिर २०७८, शनिबार

शेयर बजारमा झिनो सुधार, कारोबारमा वाणिज्य बैंक अगाडी

प्रकाशित मिति :  १० बैशाख २०७६, मंगलवार १७:२९


Nepase-1

काठमाडौं । धितोपत्र बजारमा आज शेयरको मूल्यमा झिनो अङ्कको सुधार आएको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ३.७४ विन्दुले बढेर १ हजार २६० विन्दुमा पुगेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको कारोवारमापन गर्ने सेन्सेटिभ परिसूचक ०.९ विन्दुले बढेर २७२.२७ विन्दुमा पुगेको छ ।

स्टकका अनुसार कूल १७६ कम्पनीको १८ लाख १ हजार ५२२ कित्ता शेयर रु ६१ करोड ४१ लाख ४७ हजार ४११ मूल्यमा कारोवार भएका छन् । कारोवार भएका कूल एघार उपसमूहमध्ये आज पाँच उपसमूहको मात्रै शेयर बढेको छ भने छ उपसमूहको शेयर भने ओरालो लागेको छ ।

बैंकिङ ६.६६, विकास बैंक ०.५७, वित्त १.४५, निर्जीवन बीमा १६.४१, उत्पादन ४६.०८ विन्दुले बढेको छ । यस्तै व्यापार २.७९, होटल १७.३७, जलविद्युत् ४.११, अन्य २.१३, लघुवित्त ४.९५ र जीवन बीमा २२.२२ विन्दुले घटेको छ ।

स्टकका अनुसार आज छिमेक लघुवित्त विकास बैंकको सबैभन्दा बढी मूल्यमा शेयर कारोवार भएको छ । प्रतिकित्ता र एक हजार २१ मा रु ४ करोड ९६ लाख ६६ हजार ५४५ बराबरको कारोवार भयो । नेपाल बैंक लिमिटेडको रु ४ करोड २१ लाख ९६ हजार २६३, एनएमबी बैंकको रु २ करोड ९० लाख ६० हजार २६६, एनआइसिएशिया बैंकको रु २ करोड ७९ लाख १३ हजार २८०, छिमेक लघुवित्त विकास बैंकको संस्थापक शेयर रु २ करोड ५३ लाख ८० हजार, नबिल बैंकको संस्थापक शेयर रु एक करोड ९८ लाख ७३ हजार १७२ मूल्यमा कारोवार भई शीर्ष स्थानमा रहे ।

स्टकका अनुसार एभरेष्ट इन्स्योरेन्स कम्पनीका शेयरधनीले आज ९.८९ प्रतिशतले कमाए । यस्तै श्री इन्भेस्टमेन्ट फाइनान्स ७.१४, राधी विद्युत् कम्पनी ६.५८, उन्नति माइक्रोफाइनान्स वित्तीय संस्था ४.९१, यूनिलिभर नेपाल लिमिटेडका शेयरधनीले ४.०४ प्रतिशतले कमाएका छन् ।

त्यस्तै घलेम्दी हाइड्रो पावर कम्पनीका शेयरधनीले ४.७९ प्रतिशतले गुमाउँदा अरुण कावेली पावर कम्पनी ४.६७, भागर्व विकास बैंक ४.०९, सिनर्जी पावर डेभलपमेन्ट ३.८८, एनआइबिएल प्रगति फण्डका शेयरधनीले ३.७३ प्रतिशतले गुमाए ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा