११ मंसिर २०७८, शनिबार
समाज

कांग्रेस नेता एवम् पूर्वमन्त्री ताम्राकारको निधन

प्रकाशित मिति :  १० बैशाख २०७६, मंगलवार १८:३९


nepali-congress-ramkrisna

काठमाडौं । नेपाली कांग्रेसका नेता एवंम् पूर्वमन्त्री रामकृष्ण ताम्राकारको निधन भएको छ । उनको स्वास्थ्यमा समस्या आएपछि यही वैशाख ३ गतेबाट ललितपुरको अल्का अस्पताल एकान्तकुनामा उपचार भैरहेको थियो । करिब १ हप्ता अघिदेखि अस्पतालको आईसीयुमा राखेर उनको उपचार हुँदै आएको थियो ।  ७५ बर्षीय नेता ताम्राकारको आज दिउँसो ३ः४५ बजे अल्का अस्पतालमा निधन भएको कांग्रेसले जनाएको छ ।

पूर्व स्वास्थ्य र उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री रहेका नेता ताम्राकारले पार्टीको ११ औँ महाधिवेशनपछि कोषाध्यक्षको भूमिका निर्वाह गरेका थिए । भैरहवा सिद्धार्थनगर निवासी ताम्राकार काठमाडौँमा बस्दै आएका थिए । नेता ताम्राकारको निधनको खबरसँगै अहिले साँझ कांग्रेस केन्द्रीय समितिको आकस्मिक बैठक बस्ने पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए।

ताम्राकार बिगत दुई बर्षदेखि क्यान्सर र निमोनियासंग लडिरहेका थिए । ताम्राकार वि.स. २०४८ र ५६मा रुपन्देही–२ बाट प्रतिनिधी सभा सदस्यमा निर्वाचित भएका थिए ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा