१२ मंसिर २०७८, आईतवार

विप्लवका मध्यकमाण्ड सुदर्शनसहित ६ जना नख्खु कारागार चलान

प्रकाशित मिति :  १० बैशाख २०७६, मंगलवार २०:३८


काठमाडौं । जिल्ला अदालत, ललितपुरले विप्लव समूहका तत्कालिन मध्यकमाण्ड इञ्चार्ज हेमन्तप्रकाश वली सुदर्शनसहित ६ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।

सुदर्शनलाई काभ्रेबाट राजधानीबाट छिर्दै गर्दा महानगरीय अपराध अनुसन्धान महाशाखाले पक्राउ गरेको थियो । नख्खुमा रहेको एनसेल मुख्यालय अगाडि एक जनाको मृत्यु र ३ जना घाइते हुने गरी भएको विष्फोटमा संलग्न सुदर्शनसहित अन्यलाई अदालतको आदेशपछि नख्खु कारागार चलान गरिएको छ ।

थुनामा पठाइएका अन्यमा शिव धमला भन्ने शिव धिमाल, दयाङ भन्ने दिकेन्द्र राई, रामकृष्ण खतिवडा, ईश्वर परिवार भनिने ईश्वर दमाई र जुम्ली भनिने विरबहादुर कठायत छन् ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा