२२ मंसिर २०७८, बुधबार

नेपाली कांग्रेसको जागरण अभियान स्थगित !

प्रकाशित मिति :  १० बैशाख २०७६, मंगलवार २१:५३


काठमाडौ । नेपाली कांग्रेसको जागरण अभियान स्थगित भएको छ । बुधबारबाट सुरु हुने भनिएको जागरण अभियान एक्कासि स्थगित भएको हो ।

अभियान स्थगित भएसँगै पार्टीको केन्द्रीय समितिको आकस्मिक बैठक बसेर अब बैशाखको अन्तिम साताबाट संचालन हुने निर्णय भएको छ ।

बुधबारदेखि सुरु हुने भनिएको अभियान बैशाख २५ गतेबाट सुरु हुने पार्टी केन्द्रीय कार्यालयका सुचना अधिकृत केशव रिजालले जानकारी दिए । उनका अनुसार पहिलो चरणको कार्यक्रममात्र सरेको हो । जागरण अभियान वैशाख २५ गतेदेखि जेठ २५ गतेसम्म सञ्चालन हुनेछ ।

त्यस्तै पार्टीले नेता रामकृष्ण ताम्राकारको निधनप्रति १३ दिनसम्म श्रद्धाञ्जलीका कार्यक्रम गर्ने भएको छ । नेता ताम्राकारको मंगलबार निधन भएको थियो ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा