१३ माघ २०७८, बिहीबार
सडक/यातायात

हवाई इन्धनको मूल्यो घट्यो, अन्तर्राष्ट्रिय उडानतर्फ ५० अमेरिकी डलर कायम !

प्रकाशित मिति :  १० बैशाख २०७६, मंगलवार २२:४२


नेपाल आयल निगम

काठमाडौं । नेपाल आयल निगमले अन्तर्राष्ट्रिय उडानतर्फ हवाई इन्धनको मूल्य प्रतिकिलोलिटर ७५ अमेरिकी डलरले घटाएको छ ।

निगम सञ्चालक समितिको सोमबार बसेको बैठकपछि जारी गरेको प्रेस विज्ञप्तिमा हवाई इन्धनको मूल्य घटाउने निर्णय गरेको र उक्त घटाइएको दर आज राति १२ बजेपछि लागू हुने जनाइएको छ ।

मूल्य घटाएपछि हवाई इन्धनको मूल्य प्रतिकिलोलिटर एक हजार ५० अमेरिकी डलर कायम भएको छ । यसअघि प्रतिकिलोलिटर एक हजार १२५ अमेरिकी डलर रहेको थियो ।

निगमले आव २०७५/७६ को कार्यक्रमअनुसार हरेक प्रदेशमा एक–एक वटा आफ्नै एलपी ग्यास बोटलिङ प्लान्ट र आधुनिक पेट्रोल पम्प निर्माण गरी सञ्चालन गर्ने निर्णय भएको जनाएको छ ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा