२२ मंसिर २०७८, बुधबार
विदेश

किम र पुटिनबीच भेटवार्ता हुँदै, राजनीतिक बिषयमा छलफल हुने

प्रकाशित मिति :  १० बैशाख २०७६, मंगलवार २३:०४


एजेन्सी । उत्तर कोरियाली नेता किम जङ उन र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच यसै हप्ता भेटवार्ता हुने क्रेमलिनले जनाएको छ ।

रूसको प्रशासनिक केन्द्र क्रेमलिनले राष्ट्रपति पुटिन र नेता किमबीच रूसको सुदुर पूर्वस्थित शहर भ्लादिभोस्तकमा भेटवार्ता हुनेछ । यो दुई नेताबीचको पहिलो प्रत्यक्ष भेट हो ।

“भेटमा दुई मित्रराष्ट्रका नेताबीच कोरियाली प्रायद्वीपमा आणविक निशस्त्रीकरणका लागि राजनीतिक तथा कूटनीतिक समाधानको पहलका बिषयमा छलफल हुने कार्यक्रम तय भएको छ,” क्रेमलिनका विदेश नीति हेर्ने सहयोगी यूरी उसाकोभले पत्रकारसँग बताए ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा