डडेल्धुरामा जन्ती बोकेको जीप दुर्घटना हुँदा नौ जना घाइते !
इन्द्र रिजाल
बैशाख १०, २०७६ बुधबार ५:३५:३२
डडेल्धुरा । डडेल्धुराको अजयमेरुमा जन्ती बोकेको जीप दुर्घटना हुँदा नौ जना घाइते भएका छन् । महेन्द्रनगरबाट जन्ती बोकेर अजयमेरु गाउँपालिका–६ बलाना आइरहेको म१ज ६४४ नंको बलेरो जीप बलना भन्ने स्थानमा आज बेलुकी दुर्घटना हुँदा नौ जना घाइते भएको प्रहरीले जनाएको छ ।
घाइते नौ जनामध्ये तीन जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । गम्भीर घाइते हुनेमा अजयमेरु गाउँपालिका–६ बलनाका २० वर्षीय मदनराज पनेरु, सोही ठाउँका २५ वर्षीय सन्तोष पनेरु र कञ्चनपुरको बेतकोट नगरपालिका–१० का ३५ वर्षीय मदन कलौनी रहेको डडेल्धुराका प्रहरी निरीक्षक लक्ष्मण खड्काले जानकारी दिए।
अन्य घाइते हुनेमा अजयमेरु गाउँपालिका–६ का २२ वर्षीय अशोक पनेरु, सोही ठाउँका २३ वर्षीय कृष्णदत्त पनेरु, ४५ वर्षीय रामत्तद जोशी, वर्षीय २५ सिद्धराज पनेरु, २१ वर्षीय मुकेश पनेरु र ४६ वर्षीय लक्ष्मीदत्त पनेरु रहेका छन् ।
प्रहरीका अनुसार मोडमा जीप ब्याक गर्ने बेला सडकबाट करीब ५० मिटर तल खसेको हो । दुघर्टनामा परी घाइते भएकालाई उपचारका लागि अजयमेरु गाउँपालिकाको एम्बुलेन्समार्फत डडेल्धुरास्थित डडेल्धुरा अस्पताल ल्याइरहेका घटनास्थल पुगेका प्रहरीले जनाएका छन् । दुलहादुहली अर्को गाडीमा रहेका थिए ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपट्रयाक्टरले किचेर एकको मृत्यु
बैशाख १३, २०८१ बिहिबार
महोत्तरीको मटिहानीमा आगोले बस्ती नै सखाप
बैशाख १२, २०८१ बुधबार
बोलेरोको ठक्करबाट तीन युवकको मृत्यु
बैशाख १२, २०८१ बुधबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
भीम रावलको घुम्तीः न घर फर्किन मिल्ने, न घाट जान
बैशाख १३, २०८१ बिहिबार
मन्त्रिपरिषदमा छिर्यो सहकारी ठगीको विषय, फाष्ट ट्रयाकबाट कानुन बनाउने
बैशाख १३, २०८१ बिहिबार
डढेलोले पाइप जल्यो, खानेपानीको समस्या
बैशाख १३, २०८१ बिहिबार
सडकको लम्बाई बढाएर ३८ लाख भ्रष्टाचार गरेको आरोपमा शाहीसहित ९ जनाविरुद्ध मुद्दा दायर
बैशाख १३, २०८१ बिहिबार
सडकमा पल्टिएको जीप
बैशाख १३, २०८१ बिहिबार
रुसद्वारा पोल्याण्डका नेटो आणविक केन्द्रहरू सैन्य लक्ष्य बन्न सक्ने चेतावनी
बैशाख १३, २०८१ बिहिबार