बाह्र वर्षपछि सडक विवाद मिल्यो
इन्द्र रिजाल
बैशाख ११, २०७६ बुधबार १८:२९:५९
जाजरकोट । निर्माणकार्य थालिएको १२ वर्षपछि जाजरकोट–जुम्ला सडकको विवाद मिलाउन कर्मचारीसहित प्रदेशसभा सदस्य गाउँमा पुगेका छन् ।
विभिन्न स्वार्थका कारण सडक जथाभावी निर्माण हुँदा यातायातका हलुका सवारीसाधन चल्न धौधौ परेको यस सडक खण्डमा विवाद सल्ट्याउन कर्मचारी लिएर प्रदेशसभा सदस्य गणेशप्रसाद सिंह गाउँ पुगेका हुन् ।
सिंहसँगै सडक डिभिजन कार्यालय चौरजहारीका प्रमुख नरेन्द्र भट्ट, पूर्वसांसद भक्तबहादुर शाह, जिल्ला समन्वय समितिका प्रमुख मनबहादुर रावल, भेरी नगरपालिकाका प्रमुख चन्द्रप्रकाश घर्तीलगायतको टोलीले १२ वर्षपछि स्वार्थका कारण यातायात चल्न नसक्ने अवस्था सिर्जना भएको सडकको निरीक्षण गरी प्राविधिक ‘स्टिमेट’ लागतसमेत बदलेका छन् ।
निर्माणकार्य शुरु भएको १२ वर्षसम्म यातायातका साधन चल्न नसकेपछि चौतर्फी आलोचना बढिरहेको बेला प्रदेशसभा सदस्य सिंहले सबै सरोकारवालालाई लिएर भेरी नगरपालिका–२ राङ्सीमा गई समस्या समाधान गरेका हुन् ।
पूर्वसभासद् भक्तबहादुर शाहको घर हुँदै जाने सो सडक, उनी नै संविधानसभाका सभासद् भएको बेला निर्माण भएको थियो । प्राविधिकलाई अनावश्यक दबाब दिएर स्टिमेटभन्दा बाहिर गई निर्माण गरिएको यो सडकमा यातायातका साधन चल्न नसक्ने अवस्था सिर्जना भएपछि अहिले सबै सरोकारवाला निकायको उपस्थितिमा स्टिमेट बदलेर सडक पूर्ण निर्माण गर्ने सहमति भएको हो ।
एउटै गाउँमा १२ मोड बनाएर सडकमा यातायातका साधन मोड्न नसक्ने अवस्था सिर्जना भएपछि यातायातका साधन चल्न नसक्ने अवस्था सिर्जना भएको थियो । २१ किलोमिटर सडकमा रु ३२ करोड रकम खर्च हुँदासम्म यातायात चल्न नसक्दा चौतर्फी आलोचना बढेपछि प्रदेशसभा सदस्य सिंहको नेतृत्वमा स्थानीयवासीको उपस्थितिमा विवाद समाधान गरेर सडक निर्माणको बाटो खुलेको हो ।
यो सडकलाई कर्णाली प्रदेश सरकारले लुम्बिनी, जाजरकोट, खलङ्गा, बाहुनथाना, राङ्सी, पाँचकाटिया जुम्ला हुँदै रारा जोड्ने रणनीतिक महत्वको रूपमा लिदै आएको छ । विवादका कारण सडकको स्तरोन्नति हुन नसक्दा सडक निर्माणकार्य अलपत्र पर्दैै आएको थियो ।
अहिले सो सडकखण्डमा ग्राबेलको कामसँगै फराकिलो बनाउने कार्यसमेत शुरु भएको सिंहले बताउनुभयो । विवादका कारण सडक मर्मत गर्न समस्या भएकाले अब समाधान भएपछि काम अगाडि बढ्ने डिभिजन प्रमुख भट्टले बताए ।
चुनावमा भोट हाल्नका लागि कार्यकर्तामार्फत खबर पु¥याउने नेता गाउँमा आएर विवाद सल्ट्याएको र भेटघाट गरेको पहिलो घटना भएको स्थानीयवासी मैनकला वलीले बताए।
जाजरकोट बीचविन्दुमा भएकाले सडक निर्माणपछि पर्याप्त लाभ जाजरकोटका जनताले लिनसक्ने वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले बताए । मन्त्री बस्नेतले भने, “हामी जाजरकोटवासी तीन सडकको बीचविन्दुमा छौँ, जाजरकोट छोएर तीन त्रिदेशीय सडक निर्माण भइरहेको छ ।”
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपसुक्खा पहिरोले अवरुद्ध करिडोर सञ्चालनमा
फागुन २८, २०८० सोमबार
नेपालगञ्ज–गुलरिया सडक विस्तारको काम एक वर्षमै ५७ प्रतिशत सम्पन्न
फागुन १६, २०८० बुधबार
बेनी-जोमसोम-कोरला सडकको तिप्ल्याङ खण्डका घरटहरा भत्काउन ताकेता
फागुन १३, २०८० आइतबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
नेपालमा बस्छन ६० देशका अवैतानिक वाणिज्यदूत
चैत १५, २०८० बिहिबार
दैविक प्रकोप उद्वारका सामग्री हस्तान्तरण
चैत १५, २०८० बिहिबार
हवाई टिकटको भ्याट र होटलमा लगाइएको विलासी कर हटाउः महासंघ
चैत १५, २०८० बिहिबार